विकासको लागि सरकारी बाटो हेर्नुभन्दा आफै काम गर्दा छिटो हुने

१० बैशाख २०६९, आईतवार १८:५४ मा प्रकाशित

स्यागजा, १० बैशाख । स्याङ्जको कुवाकोट गाँउ विकास समिती ८ बेल्डाँडाका स्थानियले आफ्नै लगानीमा गाँउमा मोटर पु¥याएका छन् । बेल्डाडाँका स्थानिय बासिन्दाले आफ्नै श्रमदानमा करिब ५० हजार लागतमा करादी चौघेरा ग्रामिण कच्चि सडकबाट गाँउसम्म करिब एक किलोमिटर मोटरबाटो बनाएका हुन् । बिरामीलाई तत्काल अस्पताल तथा बजारबाट सामान ल्याउन तथा गाँउमा उत्पादित कृषिजन्य सामान बजारसम्म पु¥याउनका लागि सडकसम्म पुग्न धेरै समय लाग्ने भएकोले आफ्नै लगानिमा मोटरबाटो खनिएको स्थानीय शिक्षक तुलसीराम भण्डारीले बताउनुभयो । कफि, तरकारी खेती तथा अमरीसो खेतीमा निकै चर्चा कमाएको बेल्डाँडाका कृषकहरु सरकारको मुख ताक्नु भन्दा आफै नै काम गर्ने गरेको स्थानीय किसानहरुको भनाइ छ । अब उनीहरुले चाँडै गाउँमा खानेपानीको सुविधा पनि ल्याउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग

काठमाडौं।सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको पाइएको छ

सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा

पर्सा। देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक