नेप्सेको वृद्धि निरन्तर

९ फाल्गुन २०७०, शुक्रबार ०५:३२ मा प्रकाशित

काठमाडौं, ९ फागुन । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार बढ्ने क्रम जारी रह्यो । अघिल्लो दिन सेयर बजार परिसूचक ८ सय १४ दशमलव ५६ बिन्दुमा रहेकोमा यस दिन ८ दशमलव ११ बिन्दु बढेर ४ सय २२ दशमलव ६७ अंकमा आइपुगेको छ । लामो समयसम्म अन्योलमा रहेका लगानीकर्ता अब भने सरकारले पूर्णता पाउने र राजनीतिक सहमति आसका कारण उत्साहित बनेका हुन् । 

यस दिन पनि बिमा समूहको उपसूचकमा उछाल आयो । मंगलबार बिमा समूहको उपसूचकमा १ सय ३५ अंकको सुधार आएकोमा बिहीबार पनि १ सय १० अंकको वृद्धि भएको छ । होटल समूहको उपसूचक १७ दशमलव ९८ अंकले घटे पनि बाँकी समूह उकालो लागेपछि समग्र बजार उकालो लागेको हो । यस दिन जलविद्युत् समूहको उपसूचकमा ४३ दशमलव २२ अंकको सुधार आयो । अघिल्लो दिन २६ दशमलव १३ अंकको सुधार आएको थियो ।
यस दिन १ सय २३ कम्पनीका ७ लाख ४५ हजार ६ सय ३ कित्ता सेयर २ हजार ३ सय १७ पटक किनबेच हुँदा ३५ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ सय ३१ कम्पनीका ८ लाख १९ हजार १ सय १४ कित्ता सेयर २ हजार ७ सय ८७ पटक किनबेच हुँदा कुल ३० करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबारको बजार पुँजीकरण ८ खर्ब ३८ अर्ब रुपैयाँमा कायम रह्यो । अघिल्लो दिन ८ खर्ब २९ अर्ब बजार पुँजीकरण रहेकोमा एकै दिन करिब ९ अर्ब रुपैयाँको वृद्धि भएको हो ।
यस दिन कारोबार हुने १ सय २३ कम्पनीमध्ये ८४ ओटा कम्पनीको सेयर मूल्य बढ्यो, १० ओटाको थपघट भएन भने २९ ओटा कम्पनीको मूल्य ओरालो लाग्यो । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, ग्रान्ड बैंकको प्रवद्र्धक सेयर र चिलिमे हाइड्रोपावर अग्रस्थानमा रहे ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा एलाइन्स इन्स्योरेन्स कम्पनी, प्यासिफिक डेभलपमेन्ट कम्पनी, नागरिक लगानी कोष, तिनाउ डेभलपमेन्ट बैंक तथा सिद्धार्थ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ