कोइराला पूजापाठसहित सरकारी निवास प्रवेश

८ फाल्गुन २०७०, बिहीबार १६:५५ मा प्रकाशित

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री सुशील कोइराला विधिवत रुपमा पूजापाठसहित सरकारी निवासमा प्रवेश गरेका छन् ।
बालुवाटारस्थित निवासमा पूजा गरेर कोइराला आज (बिहीबार) निवास प्रवेश गरेको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाको प्रधानमन्त्री निवासमा कार्यरत कर्मचारीहरुले पुष्पगुच्छा प्रदान गरी स्वागत समेत गरे ।
‘प्रधानमन्त्री विधिवत रुपमा पूजाआजा गरी निवास प्रवेश गर्नु भएको हो,’ निजी सहयोगी लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूजामा प्रधानमन्त्री कोइराला स्वयं कर्ता बन्नुभएको थियो ।’
कोइरालालाई नेपाली सेनाका मूल पण्डित जमदार शम्भु अर्यालले पूजा गराएका थिए । निवास प्रवेशका अवसरमा प्रधानमन्त्री कोइरालाले निवासमा राखिने नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलन पनि गरे । सो अवसरमा सेनाको टुकडीले सलामी पनि दिएको छ ।
पूजा कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री निवासको बैठक कक्षमा प्रवेश गरी परिवारजनसंग भलाकुशारी गरेको ढकालले बताए । प्रधानमन्त्री कोइरालाले सो अवसरमा निवासका विभिन्न कक्षहरुको अवलोकन पनि गरेका छन् ।
प्रधानमन्त्री कोइरालाको निवास प्रवेश कार्यक्रममा परिवारजन, नेपाली कांग्रेसका सभासद् एवं पार्टी कार्यकर्ताहरु, सुरक्षाकर्मी र निजामती सेवाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्