संविधानमा उत्पीडित वर्गको पहिचान हुने प्रधानमन्त्रीको भनाइ

१० बैशाख २०६९, आईतवार १८:५२ मा प्रकाशित

कठमाडौ १० बैशाख । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेर्पासहित शोषित उत्पीडित वर्गको पहिचान प्रतिविम्बित हुने गरी संविधान लेखिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ्ल्हामु शेर्पाको १९औँ स्मृति दिवसमा पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज काठमाण्डूमा गरेको स्मृतिसभामा उहाँले सबै जातजातिको प्रतिनिधित्व हुनेगरी समावेशी संविधान बनाइने बताउनुभयो । पासाङल्हामुले विश्वको सर्वोच्च शिखर चुमेर नेपाल र नेपालीकोे प्रतिष्ठा एवम् गरिमा बढाएको चर्चा गर्दै प्रधानमन्त्री डा भट्टराईले अद्वितीय साहसकी धनी शेर्पाको योगदानलाई चिरस्मरणीय बनाउन प्रतिष्ठानले सञ्चालन गर्ने हरेक गतिविधिमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष कृपासुर शेर्पा, प्रतिष्ठानका संस्थापक अध्यक्ष दमननाथ ढुङ्गानालगायतले पर्वतारोही शेर्पा नेपाली मात्र नभई विश्वका सबै महिलाका लागि ऊर्जा र प्रेरणाका स्रोत भएको बताउनुभयो । सगरमाथाको सफल आरोहण गरेर आधार शिविर फर्कने क्रममा २०५० साल वैशाख १० गते हिमपहिरोमा परेर पासाङ्ल्हामुको निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६०