सकेट वम विष्फोटमा छ जना घाईते

८ फाल्गुन २०७०, बिहीबार १३:०५ मा प्रकाशित

जाजरकोट, ८ फागुन । जाजरकोट जिल्लामा सकेट बम विष्फोट हुंदा छ जना घाईते भएका छन् ।
दशेरा गाविस वडा नम्बर तीनमा आज (बिहीबार) बम विष्फोट हुंदा छ जना घाईते भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । द्धन्द्धकालमा छाडिएको सकेट बम स्थानीय ५२ वर्षीय कमारो चदराले नचिनेर आरनमा हालेर गलाउन खोज्दा विष्फोट भएको हो ।
विष्फोटबाट चदराको एउटा हात चुढिएको छ । गम्भीर अवस्थाका चदरा बेहोस छन् ।
घाईते हुनेमा १५ वर्षीय नैनबहादुर नेपाली, जोखे थापा, बर्ष ३५ का भक्तबहादुर थापा, २५ वर्षीय नैनसिंह थापा, ५२ वर्षीय कमारो चदरालगायतका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्