युवाहरु विदेशजाने भिसा रद्द गरी तरकारी खेतीतर्फ

१० बैशाख २०६९, आईतवार १८:४८ मा प्रकाशित

दैलेख १० बैशाख । दैलेखको विकट गाँउ मेहेलतोलीका युवाहरु विदेश जाने भिसा रद्द गरी आफ्नै गाउँमा तरकारी खेती गर्न जुटेका छन् । बैदेशिक रोजगारको लागी खाडीका विभिन्न मुलुक जान भिसा लगाएका एक दर्जन भन्दा बढी युवाहरुले घरमै बसेर जाँगर चलाएपछि राम्रो आम्दानी हुने बताएका छन् । भिसा रद्द गरी तरकारी उत्पादनमा लागेका मेहेलतोली वडा नम्बर १ बाइसेराका प्रेम बहादुर खड्का बारीमा लट्रम्म फलेका काउली, टमाटर, आलु लगायत ३१ जातका तरकारी देखेर दंग पर्नुहुन्छ । मासिक १५ हजार भन्दा बढी बचत भइरहेको पनि उहाँले बताउनुभयो । अहिले धेरै बेरोजगार युवाहरु आफूसँग सल्लाह लिन आउने गरेको खड्का बताउनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द