मध्यपश्चिममा फस्टाउँदै अफिम खेती

८ फाल्गुन २०७०, बिहीबार ०७:१५ मा प्रकाशित

नेपालगन्ज, ८ फागुन । मध्यपश्चिमका पहाडी जिल्लामा अवैध रूपमा अफिम खेती फस्टाउँदै गरेको प्रहरीले दाबी गरेको छ । अञ्चल प्रहरी कार्यालय भेरीले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरेको हो ।
सो कार्यक्रममा अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मधुसूदन पुडासैनीले मध्यपश्चिमका पहाडी जिल्लामा अवैध रूपले व्यावसायिक अफिम खेती हुने गरेको बताए । उनले सुर्खेतको रझेना गाविसका गाउँहरूमा अनधिकृत ढंगले अफिम खेती हँुदै आएको सूचना प्रहरीले पाएको र केही समय पहिला अञ्चल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन क्लिनसिङ इलिगल ड्रग्स’ अभियानका क्रममा अफिम खेती नष्ट पारिएको बताए । उनले गत २ फागुनमा सो टोलीले सुर्खेतको रातु–७ मा १० धुरमा लगाइएको, गर्पन गाविसको १, ५, ७ र ८ नम्बर वडामा ७ कट्ठामा, र पाम्का–४ मा १५ धुरमा लगाइएको अफिम खेती पनि नष्ट गरेको बताए । उनले भने, ‘यी गाउँहरू अति विकट भएकाले पनि अवैध खेती भएको हुनसक्ने हाम्रो ठम्याइ छ ।’
यसैबीच, प्रहरीले बाँकेको कोहलपुरबाट डेढ किलो अवैध लागूऔषध अफिमसहित एकजनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ । भेरी अञ्चल प्रहरी कार्यालय नेपालगन्जले सञ्चालन गरेको ‘अपरेसन क्लिनसिङ इलिगल ड्रग्स’ अभियानका कालिकोट छाप्रे–७ का ३२ वर्षीय ‘प्रकाश’ भन्ने परेकबहादुर शाहीलाई अफिमसहित नियन्त्रणमा लिएको हो ।
यसैबीच, पक्राउ परेका शाहीले आफू भरिया मात्र भएको बताएका छन् । उनले भारत बहराइच घर भएका एक भारतीय नागरिकले प्रतिकिलो ९० हजार भारतीय रुपैयाँ दिने भनेकाले ५७ हजारमा सुर्खेत रझेनाबाट ल्याएको बताए ।
अञ्चल प्रहरी कार्यालय भेरीले सञ्चालन गरेको ‘अपरेसन क्लिनसिङ इंग्लिगल ड्रग्स’ अभियानअन्तर्गत २०७० साउनदेखि हालसम्म बाँकेमा १ महिलासहित ६१ पुरुषका साथबाट २ सय ९८ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर, चरेस २९ किलो ५ सय २० ग्राम र गाँजा १ किलो ४ सय ग्राम बरामद गरेको छ ।
यसैगरी, बर्दियामा ७ पुरुषका साथबाट १६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर, चरेस १४ किलो र गाँजा १२ किलो बरामद गरेको छ । सुर्खेतमा दुई महिला र ८ पुरुषका साथबाट १ ग्राम ९ सय ४० मिलिग्राम ब्राउन सुगर, अफिम २ किलो २५ ग्राम, गाँजा १ किलो १ सय २३ ग्राम ४ सय ६० मिलिग्राम र दैलेखमा एकजना पुरुषबाट १४ ग्राम गाँजा बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको