नेपाली जनसम्पर्क समिती नर्थ क्यरोलिनाको अधिबेशन सम्पन्न

८ फाल्गुन २०७०, बिहीबार ०७:१० मा प्रकाशित

नर्थ क्यरोलिना । नेपाली जनसंपर्क समिती, अमेरिका, नर्थ क्यरोलिनाको दोश्रो अधिबेशन यही गत शनिबार, फेब्रुअरी १५ गते सन २०१४ मा नर्थ क्यरोलिनामा सम्पन्न भएको छ। उक्त अधिबेशनको पहिलो सत्रको उद्घाटन तदर्थ जनसम्पर्क समिती, अमेरिकाका केन्द्रिय सदस्य श्री जगन्नाथ गौतमले पानसमा बत्ती बालेर गर्नुभएको थियो। अधिबेशनको सभापतित्व नर्थ क्यरोलिना जनसम्पर्क समितिका सभापति श्री मोहनचन्द्र बरालज्युले गर्नुभएको थियो। अधिबेशनको उद्घाटन पछी बोल्दै श्री गौतमले भन्नु भयो -नर्थ क्यरोलिनाको ऐतिहासिक महत्व रहेको छ र सबै च्यापटर्हरु मध्ये नर्थ क्यरोलिनाले पहिला अधिबेशन गराएको छ। त्यसैले यस च्यापटरका सबै धन्यवादका पात्र हुनुहुन्छ। प्रमुख अतिथी समेत रहुनुभएका श्री गौतमले बि पी ले भारत प्रबासबाट सुरुगर्नुभएको जनसम्पर्क समिती अहिले बिश्वभरी फैलिएको छ भन्नु भयो।

यस नर्थ क्यरोलिनामा सहमतिय तरिकाले भएको निर्बिरोध निर्वाचन सबै स्टेटका लागि पनि नमुना बनेको छ भन्नु भयो। यसै गरी नेपालमा पनि सहमतिय तरिकाबाट बिधिको शासन, मानब अधिकार र स्वतन्त्र न्यापालिका सहितको लोकतान्त्रिक संबिधान निर्माण गरी नेपाल र नेपालीको सर्बो परी हित आजको आबस्यक्ता हो भन्नु भयो। सो अबसर मा श्री गौतमले जनसम्पर्क तदर्थ समिति, अमेरिकाका केन्द्रिय सभापति श्री बिष्णु सुबेदिजीको शुभकामना सन्देश पनि पढेर सुनाउनुभयो। साथै केन्द्रीय सदस्यहरु श्री प्रमोद सिटौला, पशुपती पाण्डे र मुनिन्द्र नेवङको मौखिक शुभकामना सन्देश पनि जानकारी दिनुभयो। प्रमुख अतिथी श्री गौतमले नब निर्बचित टिमलाई मस्तिस्कमा समझदारी, हृदयमा इमान्दारी र काधमा जिम्मेवरी महसुश गरी अगाडि बढन सुझाब दिनुभयो।

उक्त अबसरमा स्वागत भाषाण श्री बाबुराम दुवाडिले गर्नुभएको थियो। नर्थ क्यरोलिना, जनसंपर्क समितिको जानकारी तथा बिगत र बर्तमानको बारेमा श्री आदर्श आचार्यले सम्छेपमा बोल्नुभएको थियो। उक्त अबसरमा नर्थ कयरोलिनाका च्याप्टरका केन्द्रिय प्रतिनिधि तथा नेपाल-अमेरिका च्याम्बार अफ कम्मर्सका सिनिओर उपाध्यक्ष श्री सानुबाबु सिलवालले पनि बोल्नु भएको थियो। नर्थ क्यरोलिनाका संघर्शसिल साथीहरुको प्रशमशा गर्दै साना ब्यबसायिहरुको अमेरिकामा पनि महत्वपूर्ण रोल छ भन्नुभयो। साथै यसता अधिबेशनहरु सबै स्टेट्मा भएर केन्द्रिय अधिबेशन समयमानै होस् भन्ने इच्छा पनि ब्यक्त गर्नु भयो।

अधिबेशन तयारी समितिका सम्योजक तथा नेपाली जनसंपर्क समिती तदर्थ समितिका केन्द्रिय सदस्य श्री अरुण धितालले प्रजातन्त्रबादी साथीहरु सधैं एक र संगठित हुनुपर्छ, यो नै हाम्रो बास्त्विक खुशी र सधैं सम्ब्रिधिको बलियो आधार हो भन्नुहुँदै अधिबेशन तयारीको लागि अनबरत लागेको सबै सहयोगी साथीहरुलाई धन्यवाद भन्नुभयो।

आफु स्वभावत: सधैं नम्र र संक्षेपी वक्ता रहेको भयपनि राजनितिमा यसरी पनि आफ्नो भावना र बिचारहरु उतिक्कै शशक्तरुपमा राख्न सकिन्छ भन्दै आफ्ना आफ्नो ठाउँबाट यथासक्दो सहयोग गर्नुहुने सबै सहयोगी महानुभावहरुलाइ संक्षेपमा धन्यवाद भन्नुभयो।

अधिवेशनमा उपस्थित शशक्त समाचार वाचिका रमा सिंहले अमेरिकामा पनि यस किसिमको नेपाली दाजु भाई दिदी बहिनिहरुका जमघट देख्न पाउदा अत्यन्त खुशी लागेको बताउदै दुई शब्दहरु ब्यक्त गर्न दिनुभएकोमा आयोजकलाइ धन्यवाद दिइनरहन सकिदैन भन्नुभयो।

उक्त कार्यक्रममा अर्का वक्ता बुध्हिजिबी तथा सह-प्रध्यापक डा। हरिहर भट्टराईले जनसम्पर्क समिती गठनको बेलामा चुनौति र संघर्षको चर्चा गर्दै असल नियतले काम गर्दा गर्दै रहदा आउने कुनै पनि चुनौतिदेखि डराउन नहुने बताउदै सबै मिलेर एकजुट भए काम गर्ने हो भने जस्तो सुकै चुनौतिको पनि सामना गर्न सकिन्छ भनि नवनिर्बाचित पदाधिकारीहरुलाई बधाइ र शुभकामना दिनुभयो।

जनसम्पर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकर अर्का बक्ता डा। मोह भट्टले मन हृदय र ब्यवहारबाट सच्चा कांग्रेस बन्न सल्लाह दिदै परिस्थितीसँग जुद्धाजुद्धा बोली-ब्यवहार नरम भएपनि सिद्धान्त दर्हो र निस्ठावान कांग्रेस बन्न सल्लाह दिनुभयो। कसैसँग टाढा नजिक भन्दा पनि असल बन्ने गर्नुपर्छ त्यही मुख्य कुरा हो भन्नुभयो। धन्यवाद मन्त्यब्य दिदै श्री राजन पौडेलले अधिबेशनलाई सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो, साथै उहाले सन्योजक श्री अरुण धीतालज्यु, डा मोह भट्टज्यु लगयत सबैलाई बिशेष धन्यवाद दिन चाहन्छु भन्नु भयो। डा उद्धब भण्डारी, डा दीपेन्द्र अर्यालहरुले पनि आफ्ना केही भनाइहरु राख्नु भएको थियो।

अन्त्यमा, सभाका सभापति श्री मोहनचन्द्र बरालज्युले समापन मन्त्यब्य दिदै अधिबेशन सुसम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नब निर्बाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभ कामना पनि दिनु भयो। कार्यक्रम सन्चालन समितिका सचिब श्री सुरेन्द्र सामन्त गर्नुभएको थियो। कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन अधिक्रित नरेश ठकुरिले निर्बाचित हुनेहरुलाई प्रमाण पत्र तथा धन्यवाद दिनुभएको थियो। डा चिरन्जिबी भट्टराईको नेतृत्वमा बाह्र सदस्सिय कमिटी निर्माण भएको छ, जुन यस् प्रकार छ:-

१ सभापति डा चिरन्जिबी भट्टराई
२ उपसभापती श्री भानु आचार्य
३ उपसभापती श्रीमती शोभा भट्ट
४ महा सचिब श्री कुलानन्द पौडेल
५। सचिब रेबती अधिकारि
कोषाध्यक्ष गोबिन्द कंडेल
सदस्यहरु
१ श्री आदर्श आचार्य
२ श्री बाबुराम दुवाडी
३ श्रीमती शान्ती अधिकारि
४ श्री हरक भण्डारी
५ श्री पुष्प भट्ट
श्री भरत ओली

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न