हात्तीपाइले रोगविरुद्धको औषधि सेवनकर्ता न्यून

८ फाल्गुन २०७०, बिहीबार ०७:१० मा प्रकाशित

भक्तपुर, ८ फागुन । हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउन सरकारले करोडौं खर्च गरे पनि भक्तपुरमा सेवनकर्ताको संख्या न्यून देखिएको छ ।

हात्तीपाइले (फाइलेरिया)बाट बच्न ६ वर्षसम्म नियमति वर्षमा एक पटक औषधि सेवन गर्नुपर्ने भए पनि यहा सेवनकर्ता न्यून देखिएको हो ।

वर्षमा एक पटक डीईसी (डाइइथाइलकार्बामाजिन) र अल्बेन्डाजोल चक्की सेवनले एक वर्षसम्मका लागि हात्तीपाइले हुनबाट जोगाउने तथा ६ वर्षसम्म औषधि सेवन गरे जीवनभरका लागि रोग हुनबाट बचाउँछ । तर, प्रचार–प्रसार र जनचेतना कमीका कारण भक्तपुरमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको चौथो पटकसम्म पनि संख्या न्यून रहेको पाइएको हो ।

जिल्ला जनस्वास्थ्य भक्तपुरको प्रारम्भिक सर्वेक्षणका क्रममा २० प्रतिशतमा यो रोग संक्रमण देखिए पनि औषधि सेवन गर्ने कूल जनसंख्याको ४७ प्रतिशत मात्र छन् । गत वर्ष भक्तपुरमा ४७ प्रतिशत अर्थात् १ लाख ३५ हजार ८ सय १४ जनाले औषधि सेवन गरेको पाइएको छ । जसमा भक्तपुर नगरपालिकामा गाविस र मध्यपुर थिमी नगरपालिकाको तुलनामा थोरैले औषधि सेवन गरेका थिए । भनपामा ३५ प्रतिशतले मात्र औषधि सेवन गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भक्तपुर नगरमा औषधि खुवाउने तालिम एउटाले लिने, औषधि अर्कैले खुवाउने र प्रचार–प्रसार कमीका कारण सेवनकर्ता न्यून भएको दाबी सो कार्यालयका एक कर्मचारी गरे । स्थानीय स्तरमा तालिम दिइए पनि लक्षित वर्गसम्म पुग्न नसकेको र जनचेतना कमीले यस्तो समस्या आएको उनको बुझाइ छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख राकेशकुमार ठाकुरले यो वर्ष भक्तपुरमा २ लाख ९६ हजार १ सय ६८ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको बताए । विगतका वर्ष थोरैले औषधि सेवन गर्ने गरेकाले यो वर्ष अभियानकै रूपमा औषधि खुवाउन थालिएको उनले राजधानीलाई जानकारी दिए ।

उनका अनुसार यो वर्ष प्रत्येक टोलमा बुथ राख्ने र नआउनेलाई घर–घरमै गएर औषधि खुवाउने योजना बनाइएको छ । एकजना स्वयं सेवकले ४० घरमा पुगेर औषधि खुवाउने गरी व्यवस्था मिलाइएको छ । भक्तपुरमा १०, ११ र १२ फागुन गरी तीन दिनसम्म अभियानकै रूपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदै छ । यो पाँचौं पटक औषधि खुवाउन लागिएको हो ।

बढीभन्दा बढी औषधि खुवाउन १ हजार ६ सय ८३ स्वयं सेवक र १ सय ६५ स्वास्थ्यकर्मी खटाइने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका उमेश धौभडेले जानकारी दिए । यो वर्ष कुल जनसंख्याको ८० प्रतिशलाई औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि दुई वर्षभन्दा कम उमेर, दीर्घरोगी, गर्भवती तथा सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेक सबैले सेवन गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा