चैत महिनामा १३० वटा महिला हिंसाका घटना भएको तथ्यांक

१० बैशाख २०६९, आईतवार १८:४७ मा प्रकाशित

काठमाडौ, १० बैशाख । ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रीकाहरुबाट प्राप्त तथ्यांकका आधारमा चैत्र महिनामा १३० जना महिलाहरुमाथि हिंसा भएको छ । ओरेक नेपालले आज विज्ञप्तिमाफर्त सार्वजनिक गरेको यो महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी महिलाहरुमाथि घरेलु हिंसा भएको छ । साथै चैत महिनामा मात्र १९ जना महिलाहरुको हत्या भएको मासिक प्रतिवदेनमा उल्लेख छ । ती मध्ये श्रीमान्द्वारा ८ जना, परिवारका सदस्यहरु मिलेर ५, समाजका व्यक्तिहरुबाट ४ जना र प्रेमी भनिएका व्यक्तिबाट १ जना र अपरिचित व्यक्तिबाट १ जनाको हत्या भएको छ । त्यस्तै ६ जना महिलाहरुलाई बोक्सीको आरोप लगाइएको छ भने ६ जनालाई बलात्कर भएको र त्यसमध्ये एकजनालाई प्रहरीले नै बलात्कार गरेको पनि प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन

काठमाडौँ ।  देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक