बन्द भएको आईफोन फोरको उत्पादन सुरु

७ फाल्गुन २०७०, बुधबार १६:५८ मा प्रकाशित

कोलकाता, ७ फागुन । ऐप्पलले भारत, इंडोनेशिया र ब्राजीलका लागि आईफोन फोरको पुन: उत्पादन सुरु गरेको छ ।
कम्पनीका वरिष्ठ अधिकारीहरुले आईफोन फोरको उत्पादन सुरु गरेको पुष्टि गरेका छन् । विश्व बजारमा सस्तो खालका फोनसंग प्रतिस्प्रधा गर्न एप्पलेले उत्पादन बन्द भई सकेको आईफोन फोर ल्याउन लागेको हो ।
ऐप्पलले कम दामको आईफोन फोरले राम्रो बजार लिएको दाबी गरेको छ । आईफोन फोरको सहारामा ऐप्पलले सामसुङको ग्रैंड र एस ४ मिनी जस्तो मोडले दिएको चुनौती सामना गर्न सजिलो हुने जनाएको छ ।
ऐप्पलले आईफोन फोर मोडललाई भारतीय २० हजार रुपियांमा देखि माथिको मूल्य राखेको छ । भारतीय बजारमा आईफोन फोरको हिस्सेदारीमा गिरावट आए पछि ऐप्पलले चिन्ता जनाएको थियो ।
आईफोन फोरको मोडल ऐप्पले उत्पादन बन्द गरिसकेको छ । यद्यपि बजारमा जम्न उसले सस्तो खालको आईफोन फोर पुन: ल्याउन लागेको हो ।
भारत, ब्राजिललगायतका अन्य चार वटा देशमा बिक्री गर्ने योजना रहेको जनाएको एप्पले आईफोन फोरको उत्पादनको जिम्मा चीनमा रहेको कम्पनीलाई दिएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ