सबै शक्तिलाई मिलाएर नयां संविधान दिन्छौं : कोइराला

७ फाल्गुन २०७०, बुधबार १५:४८ मा प्रकाशित

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा भित्र र बाहिर रहेका सबै शक्तिबीच सहमतिको वातावरण सिर्जना गरी एक वर्षभित्रै नयां संविधान जारी गर्ने दोहराएका छन् ।
६४ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जनतालाई संघीय लोकतान्त्रिक संविधान दिने वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले राजनीतिक दलहरुबीचको सहमति, सहकार्य र एकताको आधारमा नयां संविधान निर्माण गर्न नेपाली जनताले दिएको अभिमतलाई सरकारले आत्मसात गरेको बताए ।
‘नागरिक अधिकार र प्रजातन्त्रका शाश्वत मूल्य मान्यताप्रतिको प्रतिबद्धताले नै राजनीतिक दलहरुबीच विश्वासको बलियो आधार बन्न सक्छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा एक वर्षभित्र संविधान जारी गर्न सकिने मेरो विश्वार छ ।’
प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको स्थापना र संस्थागत विकासका क्रममा नेपाली जनताले ६ दशकभन्दा बढी कठोर र बलिदानपूर्ण संघर्ष गर्दै आएको बताए ।
विना विभागीय मन्त्री डा.रामशरण महतले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्न वर्तमान सरकारले प्राथमिताका साथ काम गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो