समानताको आधारमा नागरिकता प्राप्तिको अधिकार सुनिश्चित गरिनुपर्ने

१० बैशाख २०६९, आईतवार १८:४६ मा प्रकाशित

कठमाडौ, १० बैशाख । नयाँ संविधानमा महिला र पुरुषलाई विभेद नहुने तथा बालबालिकाको राज्यविहीनताको अधिकार रहने गरी नागरिकता प्राप्तिको अधिकार सुनिश्चित गरिनुपर्नेमा माग एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् । अन्तर पार्टी महिला सञ्चालले आज राजधानीमा गरेको नयाँ संविधानमा नागरिकतासम्बन्धी व्यवस्था विषयक अन्तक्र्रियामा सहभागी विभिन्न राजनीतिक दलका नेताले बाबुको पहिचान दिने आमा नै भएकाले आमाको नामबाटै बच्चाले नागरिकता पाउने व्यवस्था संविधानमा सुनिश्चित गरिनुपर्ने बताए । कार्यक्रममा एकीकृत माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पहिचानको आधार नै नागरिकता भएकाले नयाँ संविधानमा महिला र पुरुषमा विभेद नगरिकन समानताको आधारमा नागरिकता वितरण गर्ने व्यवस्थाको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले नेपालजस्तो दुबैतिर खुल्ला सिमाना भएको मुलुकमा दोहोरो नागरिकताको समस्या आउने सम्भावनालाई ख्यालमा राखी नागरिकताको विषयलाई कडाइ गरिनुपर्ने बताउनुभयो । अरु विभिन्न दलका पार्टी प्रतिनिधिहरुले पनि अबको संविधान कुनै पनि विषयमा कुनै पनि समुदाय वा वर्गका लागि विभेद हुन नहुने गरी आउनु पर्ने बताउनुभयो । अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष प्रतिभा राणाले आमा र बाबु या विशेष अवस्थामा कुनै व्यक्ति वा आमामध्ये एक नेपाली भएमा ती व्यक्ति वंशजको नाताले नेपाली नागरिक हुन योग्य हुने व्यवस्था गरिनुपर्ने बताउनुभयो । सञ्जालकी पूर्वअध्यक्ष शशी श्रेष्ठले नेपालको नयाँ संविधानमा नागरिकताको सवाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिला र पुरुषले उसको देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल