अभिषेक र ऐश्वर्याबीच पार्टीमै ‘भनाभन’

७ फाल्गुन २०७०, बुधबार १२:३३ मा प्रकाशित

एजेन्सी


मुम्बई, ७ फागुन । बलिउड फिल्ममा फिर्ताको विषयलाई लिएर ऐश्वर्या राय बच्चन आफ्नी सासुसँग रुष्ट भएका समाचार आएकै हुन् । तर पछिल्लो पटक ऐश्वर्याले आफ्ना पति अभिषेक बच्चनसँग पनि बादविवाद गरेकी छन् ।
ऐश्वर्या आफ्नो भविष्यको प्रोजेक्ट्सलाई लिएर सासुसँग यस अघि पटक पटक बिवाद गरेको भारतीय सञ्चारमाध्यममा समाचार आई सकेका छन् । सासु जया बच्चनले ऐश्वर्यालाई बलिउडमा फर्कन रोक लगाए पछि ऐश्वर्या चिडिएकी हुन् ।
त्यस पछि पनि बच्चन परिवारको आन्तरिक बिवाद बन्द भएनन् । समाचारहरु आईनै रहे । यद्यपि, बच्चन परिवारले समाचारहरुको खण्डन गरेको छैन ।
बच्चन परिवारको अहिले एउटा समाचार फेरि सर्वजनिक भएको छ । चर्चित ब्यापारी अनिल अंबानीले मुम्बईमा गत शनिबार दिएको पार्टीमा ऐश्वर्या र अभिषेकका बीच झगडा भएको निकट सहयोगीहरुलाई उदृत गर्दै भारतीय समाचारमाध्यमहरुले जनाएका छन् ।
उनीहरु सबैले थाहा पाउने गरेर बादबिवाद गरेको देखे पछि केही असहज परिस्थित उत्पन्न भएको जनाईएको छ । उनीहरु आफ्नो पारिवारिक विषयलाई लिएर बावदाविद गरेको पार्टी सक्किए पछि थाहा भएको समाचारमा जनाईएको छ । बिवादको जड ऐश्वर्याको बलिउड वापसी नै रहेको जनाईएको छ ।
मुम्बईको कफ परेडस्थित अंबानीको घरमा भएको उनीहरुको बिवादलाई धेरैले थाहा पाएका थिए ।
अंबानी बंधुले आफ्नी आमा कोकिलाबेनको जन्मदिनको मौका पारेर शनिवार रात पार्टी दिएका थिए । पार्टीमा बालिवुडका थुप्रै चर्चित कलाकारहरुको उपस्थिति थियो ।
ऐश्वर्या मणिरत्नमको फिल्मबाट बालिवुडमा वापसी गर्दै छिन् । ऐश्वर्याको बलिउड वापसीलाई बच्चन परिवारले मन पराएको छैन ।
अंबानीको पार्टीमा पुरै बच्चन परिवार सरिक भए पनि बुहारी ऐश्वर्या र सासु जया एकआपसमा बोलचाल नै गरेका थिएनन् । उनीहरुसँग पनि नबसेको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो