प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ९ प्रदेशमा सहमति भएको अर्थमन्त्री पुनको खुलासा

१० बैशाख २०६९, आईतवार १८:४५ मा प्रकाशित

बाग्लुग, १० बैशाख । एकीकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले दलहरुबीच कार्यकारी राष्ट्रपति र ९ वटा प्रान्त बनाउनेमा सहमति भइसकेको दाबी गर्नुभएको छ । पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उहाँले दलहरुबीच अनौपचारिक रुपमा यो सहमति भइसकेको दावी गर्नुभयो । अर्थमन्त्री पुनले एकीकृत नेकपा माओवादीले शान्ति र संविधानका लागि लडाकु सरकारलाई हस्तान्तरण गरिसकेकाले अब दलहरु अन्य दलहरुले शान्ति र संविधानकालागि ध्यान दिएर अगाडि बढ्न आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष हरिनारायण गौतमले आफ्ना बाबुआमा हरिलाल गौतम र नन्दकली गौतमको सम्झनामा स्थापना गर्नुभएको नन्दहरी सिर्जनसिल पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको