कांग्रेसले माग्यो एमालेसँग मन्त्रीको नाम

७ फाल्गुन २०७०, बुधबार ०६:४५ मा प्रकाशित

काठमाडौं, ७ फागुन । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गृहबाहेकका अन्य मन्त्रालयको जिम्मेवारी लिने गरी नाम सिफारिस गर्न सत्ता साझेदार दल एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल विस्तारको गृहकार्य अघि बढाएसँगै कांग्रेसले सो आग्रह गरेको हो ।
प्रधानमन्त्री निर्वाचित हुनुअघि भएको सहमतिअनुसार उपप्रधान तथा गृहमन्त्रीका रूपमा नाम दिइएका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति नभएसम्म सरकारबारे छलफल नै नगर्ने अडानमा रहेको एमालेलाई गृह मन्त्रालय खाली राखेर अन्य मन्त्रालयको जिम्मेवारी लिने गरी मन्त्रीको नाम सिफारिस गर्न कांग्रेसले आग्रह गरेको हो । कांग्रेसको सो आग्रहलाई एमालेले अस्वीकार गरेको छ ।
सरकार गठनका सम्बन्धमा वार्ता गर्न खाटाइएका कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले गृहबाहेकका मन्त्रालय लिन एमालेलाई आग्रह गरिएको
जानकारी दिए ।
कांग्रेस संसदीय समितिको सोमबारको बैठकले सभामुखको निर्वाचनमा एमालेलाई समर्थन गर्ने र त्यसपछि मात्र सरकार विस्तार गर्न प्रधानमन्त्री कोइरालालाई सुझाव दिएका थिए । बैठकको सुझावबमोजिम वार्ताकार उपाध्यायले एमाले शीर्ष नेतालाई गृहबाहेकका मन्त्रालयको जिम्मेवारी लिने गरी मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेका हुन् ।
सत्ता साझेदार नेकपा एमालेसँग भएको सातबुँदे सहमतिअनुसार सरकारमा सहभागी हुनेको नाम पठाउन औपचारिक रूपमा आग्रह गरिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए । ‘सातबुँदे सहमतिअनुसार एमालेले अब दुई दिनभित्र सरकारमा सहभागी हुनेको नाम पठाउने विश्वास गरेका छौं,’ प्रवक्ता बडूले भने, ‘नत्र प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुनेहरूलाई राखेर मन्त्रिमण्डल विस्तार गर्नुहुन्छ ।’ गृह मन्त्रालय खाली राखेर कांग्रेसले मन्त्रिमण्डल विस्तारको योजना बनाए पनि एमालेले गृहसम्बन्धी सहमति कार्यान्वयनलाई सर्त बनाएको छ ।
कांग्रेसले सातबुँदे सहमतिअनुसार पार्टीले आफ्नो दायित्व पूरा गरिसकेको भन्दै मन्त्रिमण्डलमा समावेश भएर एमालेले सरकार सञ्चालनसम्बन्धी आचारसंहिता, कार्याविधि र नीति तथा कार्यक्रम तयार गर्ने काम पूरा गर्ने जनाएको छ ।
गृह मन्त्रालयको विवादलाई थाँती राखेर अन्य मन्त्रीहरूको नाम दिन एमालेलाई आग्रह गरिए पनि एमालेले त्यसलाई अस्वीकार गरेको हो ।
एमालेले गृहको दाबी नछाडेकाले गृहलाई खाली राखेर अन्य मन्त्री पठाउन कांग्रेसले आग्रह गरेको हो । एमालेले बिहीबार बिहानसम्म पनि मन्त्रीको नाम नपठाए प्रधानमन्त्री कोइरालाले पार्टीका कम्तीमा चारजनालाई समावेश गरी मन्त्रिमण्डल विस्तारको योजना बनाएका छन् ।
कांग्रेसबाटै कम्तीमा नौजनालाई मन्त्री बनाउने योजनामा रहेका प्रधानमन्त्री कोइराला नेता देउवाको सिफारिसमा चारजनालाई मन्त्री बनाउन चाहन्छन् ।
तर, देउवाले मन्त्रीको नामका विषयमा एमाले सरकारमा आएपछि मात्र सुझाव दिने भनेपछि असन्तुष्ट बनेका कोइराला संस्थापन पक्षका चारजनालाई सरकारमा समावेश गरी अघि बढ्ने योजनामा रहेका छन् ।
कोइराला परिवार स्रोतका अनुसार प्रधानमन्त्री कोइराला महेश आचार्य, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, हृदयराम थानीमध्ये पहिलो चरणमा चारजनालाई मन्त्रिमण्डलमा समावेश गर्ने योजनामा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक