माओवादी सरकारको कार्यकाल लम्ब्याउने चालमा छः ओली

१० बैशाख २०६९, आईतवार १८:४६ मा प्रकाशित

काठमाडौं, १० वैशख । एमाले बरिष्ठ नेता केपी ओलीले माओवादी संविधानसभाको कार्यकाल गुजारेर सरकार टिकाउने खेलमा लागेको आरोप लगाएका छन् । नेपाली कम्युनिस्ट आन्दोलने ६३ वर्षा पुरा गरेको अबसरमा आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा ओलीले संविधानसभाको कार्यकाल छंदै सरकार हटाउने चेतावनी पनि दिए ।
माओवादी सबै दललाई अल्मल्याएर संविधानसभा सिध्याउने र संविधान जारी नगरी सरकार मात्र टिकाउने खेलमा लागेको ओलीको आरोप थियो ।
‘संविधान जारी नगरी संविधानसभाको म्याद सिध्याउन र सरकार जारी राख्न एमाओवादीले अरुलाई अल्मल्याएको हो’ ओलीले भने, ‘संविधानसभा छंदै सरकार हटाउछौं, नहटे जनता सार्वभौमसत्ता सम्पन्न छन् त्यसपछि भए पनि हटाउछौं ।’
नेता ओलीले १४ जेठमा संवधान जारी गर्नै पर्ने र त्यसका लागि एमाले लागेको पनि वताए ।
ओलीले जात सापेक्ष राज्य साम्यवादी दर्शनविरोधी भएको पनि वताए । ‘साम्यवाद भनेको सवैलाई बराबरीको सिद्धान्त हो, धर्म निरपेक्षता हटाएर जाती सापेक्ष राज्य बनाउने होइन’ उनले भने, ‘यो कम्युनिस्ट सिद्धान्त होइन समाजमा घृणा सिकाएर सत्तामा बसिरहने सिद्धान्त हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका