प्रधानमन्त्री कोइरालाका दुई सल्लाहाकार नियुक्त

६ फाल्गुन २०७०, मंगलवार १७:१७ मा प्रकाशित

काठमाडौं, ६ फागुन । सरकारले प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहाकारमा दिनेश भट्टराईलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई परराष्ट्र सल्लाहाकारमा नियुक्त निर्णय गरेको हो । भट्टराई पूर्व सहसचिव हुन् ।
सरकारले कोइरालाको प्रमुख स्वकीय सचिवमा बसन्त गौतमलाई नियुक्त गरेको छ । गौतम कांग्रेस मुख्यालयका पूर्व सचिव हुन् । गौतम गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएकाले बेला पनि प्रमुख स्वकीय सचिवको जिम्मेवारी लिएका थिए ।
त्यसै गरी सरकारले आर्थिक सल्लाहाकारमा डा.चिरञ्जजीवी नेपाललाई नियुक्त गरेको छ । डा.नेपाल सुजाता कोइराला परराष्ट्र मन्त्री रहेका बेला पनि सल्लाहाकार भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार