लागूऔषधसहित दुई जना पक्राउ

६ फाल्गुन २०७०, मंगलवार १६:५४ मा प्रकाशित

भक्तपुर, ६ फागुन । भक्तपुरमा प्रहरीले बिक्रीका लागि राखिएको झण्डै १९ लाख बराबरको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–८ बस्ने वर्ष २५ का रविन रञ्जितकार र मध्यपुरथिमि नगरपालिका–३ बस्ने वर्ष २४ का सजित धौबन्जारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई आज (मंगलबार) भक्तपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजोपाम एमपुल एक हजार ९ सय थान र नुर्फिन एमपुल एक हजार ९ सय थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए ।
रन्जितकारको घरमा लागूऔषध बेचबिखन गरिन्छ भन्ने गोप्य सुराकीको आधारमा खानतलासी गरेर उनीहरुलाई पक्राउ गरिएको थियो । बरामद लागूऔषधको बजार मूल्य करिब १९ लाख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।