‘युवराज’को वीर्य बेचेर ४० लाख कमाई

६ फाल्गुन २०७०, मंगलवार १६:१५ मा प्रकाशित

नयाँ दिल्ली, ६ फागुन । भारतको हरियाणामा एक जना किसानले मुर्रा राँगाको वीर्य बेचेर बार्षिक ४० लाखसम्म कमाउने गरेका छन् ।
कुरुक्षेत्र निवासी करमवीर सिंहको ‘युवराज’ नाम गरेको मुर्रा राँगोले बार्षिक ४० लाखसम्म कमाई गर्ने गरेको समाचारमा जनाईएको छ । राँगाको वीर्य नै सिंहको आम्दानीको स्रोत हो । सिंहको मुर्रा राँगोको वीर्य उत्तर भारतमा अत्याधिक माग छ ।
‘राँगाको वीर्य बेचेर हाम्रो कमाई प्रत्यक बर्ष ४० लाख रुपियाँ भन्दा बढी हुन्छ,’ सिंहले भनेका छन्, ‘हाम्रो मुर्रारा राँगोको वीर्यको माग साढे छ बर्षदेखि पंजाब, हरियाणा, उत्तर प्रदेश र राजस्थानसहित थुप्रै राज्यमा छ ।’
सिंहले ‘युवराज’लाई चप्परचिरीमा लागेको पंजाब कृषि मेलामा किनेका थिए । ‘राँगोको वीर्य एक पटक भैंसीलाई दिए वापत तीन सय रुपियाँ लिने गरेको छु,’ उनले भनेका छन् ।
सिंहले प्रत्येक बर्ष करीब १५ हजारदेखि २० हजार पटक सम्म राँगाको वीर्य बिक्री गर्ने गरेको जानकारी दिए ।
पंजाब राज्य किसान आयोगका डेयरी विशेषज्ञ अनिल कौराले धेरै दुध पाउने आशामा किसानहरुले मुर्रा राँगाको वीर्य आफ्नो भैंसीलाई दिन इच्छुक हुने गरेको बताईन् । ‘किसानले मुर्रा राँगोको वीर्यबाट ४ हजार हजार लिटर दूधको आशामा प्रयोग गर्छन,’ कौरले भनिन्, ‘मिश्रित नस्ल लागेको भैंसले २ हजारदेखि २२ सय लिटर मात्रै दूध दिने गर्छ ।’ एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष