मुस्लिम समुदायको माग बेवास्ता गरेर संविधान जारी नहुने माओवादी अध्यक्ष प्रचण्डको भनाइ

१० बैशाख २०६९, आईतवार १८:४५ मा प्रकाशित

काठमाडौ, १० बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका मुस्लिम समुदायलाई बेवास्ता गरेर नयाँ संविधान जारी नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित व्यवस्थापिका संसद् भवन परिसरमा राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका पदाधिकारीले आज बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले नयाँ सविधानमा मुस्लिम समुदायको हक अधिकार र पहिचानको सुनिश्चितता गरिने बताउनु भएको छ । शान्ति, समृद्धि र अग्रगमनको पक्षमा सधँै क्रियाशील नेपाली मुस्लिम समुदायले मुलुकमा परिवर्तनका लागि भएको प्रत्येक आन्दोलनमा बलिदान दिएको स्मरण गराउँदै ज्ञापनपत्रमा मुस्लिम समुदाय समयमै जनतालाई प्रिय हुने संविधान जारी होस् भन्ने पक्षमा रहेको उल्लेख गरिएको छ । संविधानमा मुस्लिम समुदायको पृथक पहिचान सुनिश्चित गर्न, संवैधानिक मुस्लिम आयोग गठन गर्न, मौलिक हकअन्तर्गत महिला र दलित अधिकारसँगै मुस्लिम अधिकार उल्लेख गर्न तथा राज्य पुनःसंरचनामा मुस्लिम पहिचानसहितको सङ्घीयताको व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार