बैंक डकैंतीमा प्रबन्धकका भाई तानिए

६ फाल्गुन २०७०, मंगलवार १५:३८ मा प्रकाशित

कञ्चनपुर, ६ फागुन । नबिल बैंक महेन्द्रनगर शाखाको रकम डकैती प्रकरणमा प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रमेश पण्डितले डकैतीमा सोधपुछका लागि पाँच जनालाई पक्राउ गरिएको बताए । नबिल बैंक शाखा महेन्द्रगरका प्रबन्धक बिसन सिंहका भाइ दिलबहादुर सिंहलाई समेत पक्राउ गरिएको उनले जानकारी दिए ।
ठेकेदार व्यवसायी सिंहलाई चाँदनीबाट पक्राउ गरिएको हो । बैंकका कर्मचारी र सवारी चालकसमेत अनुसन्धानका लागि तानिएका छन् ।
कैलालीका पण्डितको नेतृत्वमा गठित छानबिन टोलीले केही दिनयता शंकास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ सुरु गरेको छ । बैंक कर्मचारी र तिनका आफन्तसमेत अनुसन्धानमा तानिएका छन् ।
यसअघि पक्राउ गरी हिरासतमा राखिका कर्मचारीलाई पनि पुन: सोधपुछका लागि पक्राउ गरिएको छ । कैलाली प्रहरीले सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
गत मंसिर–२४ गते नबिल बैंक शाखा कार्यालय महेन्द्रनगरबाट धनगढीस्थित राष्ट्र बैंकमा रकम जम्मा गर्न जाने क्रममा मुखमा नकाब लगाएका हतियारधारी समूहले कैलाली र कञ्चनपुरको सीमा क्षेत्र मालाखेतीबाट दुई करोड ३१ लाख लुटपाट गरेका थिए । प्रहरीले बैंकका सवारी चालकसहित २० जनालाई नियन्त्रणमा लिएर छानबिन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो