कांग्रेस र साना दलको समर्थन पछि नेम्वाङ अध्यक्षमा सुनिश्चित

६ फाल्गुन २०७०, मंगलवार ०७:०१ मा प्रकाशित

काठमाडौं, ६ फागुन । संविधानसभाको अध्यक्षमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुने लगभग पक्कापक्की भएको छ ।
आज (मंगलबार) व्यवस्थापिका संसदमा हुने निर्वाचनमा पहिलो ठूलो दल कांग्रेससहित संविधानसभामा प्रतिनिधित्व गर्ने दुई तिहाइ दलले मतदान गर्ने निश्चित भएकाले नेम्वाङ नै पुन: सभाध्यक्ष बन्ने लगभग पक्का भएको हो ।
कांग्रेसको १ सय ९४ र एमालेको १ सय ७३ सिट रहेकाले अन्य दलको समेत समर्थनमा नेम्वाङ दोस्रो पटक निर्वाचित हुनेछन् ।
नेम्वाङलाई कांग्रेस, एमाले, चौथो दल राप्रपा नेपाल, राप्रपा, राजमो, नेमकिपा, नेकपा संयुक्तसहित २० भन्दा बढी दलको समर्थन रहने देखिएको छ । वर्तमान सत्ता गठबन्धनमा रहेकाबाहेक राप्रपा नेपालले समेत नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेकाले एमालेले उनको पक्षमा कम्तीमा ४ सय २१ मत आउने आँकलन गरेको छ ।
राप्रपा नेपालले नेम्वाङलाई मतदान गरेबापत चौथो राजनीतिक शक्तिको हैसियतमा आफ्नो दलले उपसभामुख पाउनुपर्ने दाबी गरेको छ ।
व्यवस्थापिका संसदले सोमबारबाटै निर्वाचन प्रक्रिया सुरु गरे पनि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरबीच राजनीतिक सहमति नभएपछि आज बहुमतीय प्रक्रियाअन्तर्गत उम्मेदवारी दर्तालगायत सुरु हँदै छ । बेलुकी ५ बजेबाट सुरु हुने व्यवस्थापिका संसद बैठकमा प्रस्तुत हुने सभाध्यक्षको निर्वाचन कार्यसूचीअनुसार मतदान हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई