देश ठुला दलको अधिनायकत्वमा: राप्रपा अध्यक्ष थापा

१० बैशाख २०६९, आईतवार १८:३५ मा प्रकाशित

चितवन, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश अधिनायकवादको सङ्घारमा पुगेको बताएका छन्। देशमा १४ वर्षदेखि स्थानीय निकाय र १२ वर्षदेखि संसदको चुनाव नहुनु र संविधान सभा रवर स्ट्याम बन्नुले यस्तो अवस्था आएको भनाई थापाको भनाई थियो।

आइतबार भरतपुरमा सम्पन्न राप्रपा नेपाल चितवनको चौथो जिल्ला अधिवेशनको उद्‍घाटन कार्यक्रममा थापाले यस्तो धारण राखेका हुन्।

थापाले संविधान सभा ठूला तीन दलका कोठे निर्णय सदर गर्ने निकाय मात्र बनेको आरोप समेत लगाए ।

अध्यक्ष थापाले भने, ‘दुई वर्षका लागि गठन गरेको संविधान सभा चार वर्षसम्म आयु लम्ब्याउँदै ठूला दलका नेताहरुले संबिधान सभालाई रबर स्टाम्प बनाएका छन् जसका कारण देश ठूला दलको अधिनायकत्वमा अघि बढी रहेको छ ।’

थापाले थप्दै भने,६२-६३ को आन्दोलनपछि राजादेखि माओवादीसम्म सबैले अधिनायकवाद र निरंकुशताको अन्त्य हुनेछ भन्ने विश्वास बोकेका थिए। तर आज छ वर्ष नपुग्दै यो विश्वास कायम रहन सकेन।’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजासहितको प्रजातन्त्र, हिन्दू राज्य र स्वायत्तता भएको बलियो स्थानीय निकाय रहेको राजनीतिक प्रणालीले मुलुकको हित गर्ने दावी समेत गरे । अधिबेशनमा राप्रपा संसदीय दलका नेता कृष्णबहादुर गुरुङले सङ्घीयताले मुलुकलाई द्वन्द्वको ठूलो भुमरीमा फसाएको र सङ्घीयता रोजेर ठूला दलले भुल गरेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,