शव पोष्टमार्टम पछि आफन्तलाई बुझाउने तयारी

५ फाल्गुन २०७०, सोमबार १७:४९ मा प्रकाशित

काठमाडौं, ५ फागुन । दुर्घटना अवस्थामा फेला परेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानमा सवार सबै यात्रुको शव संकलन गरेर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याईएको छ ।
चालक दलसहित १८ जनाको शव संकलन गरेर नेपाली सेनाले आज (सोमबार) दिउँसो काठमाडौंमा हेलिकप्टरबाट ल्याएको हो । शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाईने प्रहरीले जनाएको छ ।
आइतबार हराएको ट्वीनअटर विमान अर्घाखाँची जिल्लाको खाँचीकोटस्थित मसिनेलेकमा दुर्घटनापूर्ण अवस्थामा आज (सोमबार) विहान नौ बजेर १५ मिनटमा फेला परेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पोखराबाट जुम्लाका लागि उडान भरेको विमान १८ यात्रु सहित आइतबार हराएको थियो । खोजी गर्ने क्रममा विमानलाई दुर्घटनापूर्ण अवस्थामा फेला पारिएको थियो ।
मृत्यु हुनेमा चालकदलका पाइलट शंकर श्रेष्ठ, को–पाइलट रवीन्द्र बन्जारा र विमान परिचारिका मुना महर्जन रहेका छन् । मृत्यु हुने यात्रुहरूमा मानव सेजुवाल, गौरी कठायत, दीपक श्रेष्ठ, टेकबहादुर महतारा, नन्दा महतारा, डी. महतरा, वर्षा हमाल न्यौपाने र उनका छोरा योगेश हमाल, उमा तामाङ, डा.विकल्प पोखरेल, डिपी उपाध्याय, राजेन्द्रप्रसाद देवकोटा, उमा श्रेष्ठ, कृष्णनाथ योगी र डेनमार्कका म्याथु थिसेम रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ