सम्बन्ध टुङ्गो लागे पछि भनौंला : कैटरीना

५ फाल्गुन २०७०, सोमबार १३:४९ मा प्रकाशित

मुम्बई : बलिउड नायिका कैटरीना कैफ सफल नायिकामा पर्छिन् । उनका सम्बन्धमा भारतीय सञ्चारमाध्यमहरुले खुब स्थान दिने गरेका छन् ।
निजी र ब्यावसायिक जीवनमा कैटरीना सफल पनि मानिन्छिन् । ब्वायफ्रेण्ड रणबीर कपूरसंगको उनको सम्बन्धमा पनि सुधार भएको छ । एक पटक झण्डै उनको सम्बन्ध रणबीरसंग तोडिने अवस्थामा पुगेको थियो ।
२०१३ मा उनको फिल्म धेरै नआए पनि धुम–३ ले कैटरीनालाई चर्चामा पुर्‍यायो । दीपिका र कैटरीना बीच प्रतिस्प्रधा छ । उनीहरुले ठूला र राम्रा फिल्म खेलिरहेका छन् ।
‘म जुन लक्ष्य लिएर आएको थियो त्यो पाएकी छु,’ कैटरीनाले भनेकी छन्, ‘मैले आफूलाई राम्रो अभिनय गर्ने कलाकारका रुपमा लिने गरेकी छु ।’ कैटरीनाले असफलता सबै भन्दा पहिला सलमान खानका साथ पाएको टिप्पणी गरेकी छन् । सफलता पाई रहेमा आफू नायिकाको दौडमा सन् २०१५ मा अगाडि रहन सफल हुने बताएकी छन् ।
नायिका कैटरीनाले नायिक रणबीरसंगको सम्बन्ध समाचारमा आए जस्तो पक्का नभएको बताईन् । ‘रणबीरसंगको सम्बन्ध पक्का भएको छैन,’ कैटरीनाले भनेकी छन्, ‘कुरा टुङ्गो हुनु भन्दा पहिला केही भन्नु पर्छ जस्तो लाग्दैन ।’
उनले सलमान खानसंगको सम्बन्ध अहिले पनि राम्रो रहेको बताईन् । ‘सलमानसंगको सम्बन्ध आज पनि राम्रो छ,’ कैटरीनाले भनिन्, ‘सलमानले मलाई हरेक कदममा सहयोग गरिरहेका छन् ।’
कैटरीनाले बलिउडमा यस बर्ष राम्रा ब्यानरमा ठूला फिल्ममा अभिनय गरिरहेकी छन् ।
कैटरीनाले सैफ अली खानका साथ निर्देशक कबीर खानको ‘फैन्टम’मा अभिनय गरेकी छन् । फैन्टम एक्शन फिल्म हो । ऋतिक रोशनसंग उनले ‘बैंग बैंग’ गरिरहेकी छन् । बैंग बैंग एक्शन र रोमान्टिक फिल्म हो । ‘जग्गा जासूस’ पनि कैटरीनाले रणबीर कपूरसंग शूटिङ गर्ने समाचारमा जनाईएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका