कारागारमा पुर्पक्षमा रहेका कैदीको मृत्यु

५ फाल्गुन २०७०, सोमबार १३:११ मा प्रकाशित

दैलेख, ५ फागुन । जिल्ला अदालत दैलेखद्वारा पुर्पक्षका लागि जिल्ला कारागारमा पठाएका एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नारायण नगरपालिका–३ का ४१ बर्षीय नवराज नेपाली सार्कीको रहेको कारागारका जेलर जीतबहादुर केसीले जानकारी दिए । नेपालीले आज (सोमबार) बिहान तीन बजे एक्कासि टाउको दुखेको बताएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले बताए ।
हरिकला नेपालीको जाहेरीका अधारमा उनलाई कर्तब्य ज्यान मुद्दाको अभियोगमा अदालतले पुस–१९ गत्ते पुर्पक्षका लागि कारागार पठाएको थियो ।
नेपाली मृटू रोगको विरामी रहेकाले उचित उपचार अभावमा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख डा.बसन्त गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा