‘सातौं बुँदामा एमालेलाई कांग्रेसको ध्यानाकर्षण’

५ फाल्गुन २०७०, सोमबार १२:५५ मा प्रकाशित

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष पदको निर्वाचनमा पूर्व सहमति अनुसार एमालेका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज (सोमबार) बसेको संसदीय समितिको बैठकले एमालेसंग भएको सात बुँदे सहमति अनुसार अध्यक्षमा सहयोग गर्ने निर्णय गरेको हो । कांग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालबीच माघ–२६ मा भएको ७ बुँदे सहमतिलाई पनि बैठकले अनुमोदन गरेको छ ।
संविधानसभा अध्यक्ष पदमा भोलि मंगलबार निर्वाचन हुने कार्यक्रम छ । अध्यक्षमा एमालेले सुवासचन्द्र नेम्वाङलाई अघि सारिसकेको छ ।
‘सहमतिमा समावेश बुँदाहरुको कार्यान्वयनमा प्रतिवद्ध रहँदै भोलि मंगलबार हुन लागेको संविधानसभा अध्यक्ष एवं व्यवस्थापिका संसद सभामुख पदका लागि एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
सहमति पत्रको सातौं बुँदाप्रति ध्यानाकर्षण गर्दै कांग्रेसले मन्त्रिपरिषदमा अविलम्व समावेश हुने अग्रसरता लिन एमालेलाई आग्रह गरेको छ । एमालेले गृहमन्त्रालयको माग गरेर मन्त्रिपरिषदमा सहभागी हुन आनाकानी गरिरहेको छ ।
त्यसै गरी, कांग्रेसले आइतबार नेपाल एयरलाइन्सको ट्वीनेटर विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति शोक प्रकट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–