विमान दुर्घटनामा परेका सबै यात्रुको शव फेला

५ फाल्गुन २०७०, सोमबार १०:१४ मा प्रकाशित

काठमाडौं, ५ फागुन । दुर्घटना अवस्थामा फेला परेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानमा सवार सबै यात्रुको शव फेला परेका छन् ।
उद्धारका क्रममा सुरक्षाकर्मीले चालक दलसहित १८ जनाको शव फेला पारेको हो । सबै शवलाई सुरक्षाकर्मीले संकल गरेका छन् ।
आइतबार हराएको ट्वीनअटर विमान अर्घाखाँची जिल्लाको खाँचीकोटस्थित मसिनेलेकमा दुर्घटनापूर्ण अवस्थामा आज (सोमबार) विहान नौ बजेर १५ मिनटमा फेला परेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । दुर्घटनामा परेको विमान नेपाली सेनाको उद्धार टोलीले पहिलो पटक फेला पारेको हो ।
पोखराबाट जुम्लाका लागि उडान भरेको विमान १८ यात्रु सहित आइतबार हराएको थियो । खोजी गर्ने क्रममा विमानलाई दुर्घटनापूर्ण अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । गएराती साढे

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र