हराएको विमान बीस घण्टा पछि फेला/उद्धार कार्य जारी

५ फाल्गुन २०७०, सोमबार ०७:२८ मा प्रकाशित

एघार वटा शव फेला परे : नेपाली सेना


काठमाडौं, ५ फागुन । झण्डै बीस घण्टादेखि हराई रहेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँची जिल्लाको खाँचीकोटस्थित मसिनेलेकमा दुर्घटना अवस्थामा फेला परेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आज (सोमबार) बिहान नौ बजेर १५ मिनटमा विमान फेला परेको हो । दुर्घटना स्थलमा मृत्यु भएकाहरुको शव संकलनमा सुरक्षाकर्मी सक्रिय भएका छन । दुर्घटना स्थलमा हालसम्म एघार वटा शव फेला परिसकेका छन् ।
विमान आइतबार दिउँसो सवा एक बजे देखि हराई रहेको थियो । विमानमा चालक दलसहित १८ जना यात्रु सवार थिए । दुर्घटनामा परेको विमानलाई सेनाको उद्धद्धार टोलीले पहिला फेला पारेको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
पोखराबाट जुम्ला तर्फ यात्रु लिएर विमानले उडान भरेको थियो । खराब मौसमका कारण दुर्घटनामा परेकाहरुको खोजीमा समस्या भएको हो ।
विमान दुर्घटनामा परेकाहरुको शव संकलन गरेर पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली