नेपाल एयरलाइन्सको ९ एनएवीवी जहाजसँग प्रधानमन्त्रीको सम्बन्ध

५ फाल्गुन २०७०, सोमबार ०६:३० मा प्रकाशित

काठमाडौं, ५ फागुन । आइतबारबाट हराइरहेको नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सको ९ एनएवीवी-ट्विनअटर विमान नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्ति र हालका प्रधानमन्त्री सुशील कोइरालासँग पनि जोडिएको छ ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको सो विमानलाई नेपाली कांग्रेसले सशस्त्र क्रान्ति र संगठन सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग जुटाउन नेपाल एयरलाइन्सको ९ एनएवीवी-ट्विनअटर जहाजअपहरणसमेत गरेको थियो ।

नेपाल राष्ट्र बैंकको विराटनगर क्षेत्रीय कार्यालयबाट काठमाडौंस्थित केन्द्रीय कार्यालयमा ३० लाख भारतीय रुपैयाँ लिएर उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी-ट्विनअटर विमान २८ जेठ २०३० मा अपहरणमा परेको थियो ।

कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको योजना र निर्देशनअनुसार सो विमानलाई कांग्रेस नेताहरू वसन्त भट्टराई, नरेन्द्र ढुंगेल र दुर्गा सुवेदीले नियन्त्रणमा लिएर भारतको बिहारस्थित फार्बेसगन्ज विमानस्थल पु-याएका थिए । उनीहरूले राष्ट्र बैंकको सो रकम नियन्त्रणमा लिएर चालक दल, यात्रु र विमानलाई सकुसल छोडेका थिए । सो जहाजका तत्कालीन चालक आरके मानन्धर र सहचालक श्रीदेव वैद्यको हाल निधन भइसकेको छ ।

सोही जहाज अपहरणको मुद्दामा भारतमा निर्वासित जीवन बिताइरहेका तत्कालीन कांग्रेस नेता सुशील कोइरालाई नयाँ दिल्लीस्थित तिहाड जेलमा बन्दी बनाइएको थियो । पछि कोइरालालाई तत्कालीन बिहार राज्यको हजारीवाग जेलमा सारिएको थियो । जहाज अपहरणको अभियोगमा थुनामा रहेका कोइरालालाई जनता दलका नेता मुरारजी देसाई प्रधानमन्त्री भएपछि मुद्दा फिर्ता गरी रिहा गरिएको थियो ।

विमान अपहरण प्रकरणमा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला र एकजना खरेल थरका नेतालाई पनि भारतीय सरकारले गिरङ्खतार गरेको थियो । बाँस्तोला हाल गम्भीर अस्वस्थताका कारण घरमै स्वास्थ्यलाभ गरिहेका छन् ।
अपहरणमा संलग्न भट्टराई हाल कांग्रेस मोरङ र ढुंगेल सुनसरी कांग्रेसका नेता छन् । सुवेदी सर्वोच्च अदालतकी न्यायाधीश सुशीला कार्कीका श्रीमान् हुन् ।

अपहरणमा परेका बेला को–पाइलट रहेका वैद्यले आङ्खनो संस्मरणमा भनेका थिए, ‘विराटनगरबाट काठमाडौंका लागि विमान उडेको करिब ५ मिनेटपछि जहाज ६ हजार फिटको उचाइमा पुगेको थियो ।

काठमाडौंतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर गुड नाइट भनेपछि फ्रिक्वेन्सी अफ गरियो अनि काठमाडौंका लागि सेट गरियो ।

ठीक त्यसैबेला दुईजना मानिस आए । म कन्ट्रोलमा थिए । एउटाले मलाई समायो र अर्कोले कन्चटमा रिभल्वर तेस्र्याउदै भन्यो, ‘बुझ्नुभो, हाइज्याक भनेको यही हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्