सर्जकहरुद्धारा तोकिएकै समयमा संविधान जारी गर्न रचना मार्फत आग्रह

१० बैशाख २०६९, आईतवार ०१:४३ मा प्रकाशित

काठमाडौ, १० वैशाख । तोकिएकै समयमा संबिधान जारी गर्न साहित्यकर्मीहरुले रचना मार्फत आग्रह गरेका छन् । शनिबार गण्डकी वाङ्मय प्रतिष्ठानद्वारा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा सर्जक र साहित्यकारहरुले आ- आफ्नो रचना मार्फत यस्तो आग्रह गरेका हुन् ।

सर्जकहरुले कविता, मुक्तक, हाईकु, गजल गीतको माध्यमबाट दलका नेता र सभासद्हरुलाई तोकिएकै समयमा संविधान निर्माण गर्न खवरदारी समेत गरेका थिए । वरिष्ठ साहित्यकार काशीनाथ न्यौपाने, सागर उदाश, सुशील वाग्ले, डा. लक्ष्मीकान्त चापागाँई, अञ्जु दाहाल, संगम सापकोटा, श्रीराम कार्की, विश्वप्रकाश भुषाल, उपेन्द्र खनाल लगायतले राजनीतिक अस्थिरताले गर्दा नागरिकले पाएका दु:ख कष्ट, दण्डहीनता अराजकता, भ्रष्टाचार, हत्या हिंसा आतंक अपहरण लुट आदि विकृतिप्रति ब्यंग्य गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई