दुर्घटनाग्रस्त बिमान अर्घाखाँचीमा फेला पर्यो, सबै यात्रुको मृत्यू

४ फाल्गुन २०७०, आईतवार २२:०१ मा प्रकाशित

काठमाडौं, ४ फागुन । पोखराबाट जुम्ला तर्फ उडान भरेको नेपाल वायु सेवा निगमको ९ एनएवीवी-ट्विनअटर जहाज अर्घाखाँची जिल्लाको खिदिम गाविसको जंगली क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । अर्घाखाँचीका  प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले दिएको जानकारी अनुसार अर्घाखाँचीको खिदिम गाविसस्थित जंगलमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो  । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले दिएको जानकारी अनुसार घटनास्थल पहिचान भए लगत्तै नेपाली सेना, प्रहरी र स्थानिय प्रशासनको टोलि उद्दारको लागि घटनास्थल तर्फ लागेको छ यद्यपि प्रतिकुल मौसमका कारण उद्धारमा कठिनाई भैरहेको प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले बताएका छन् । कलसाईन एनए–नाईन–एबीबी–डीएचएच–६ रहेको ट्वीनअटर विमान आज (आइतबार) मध्यान्ह करीव १ बजेर १३ मिनटदेखि सम्पर्क बिहीन भएको थियो । विमानमा एक बच्चा, एकजना विदेशीसहित १५ यात्रु तथा पाइलट शंकर श्रेष्ठ, को–पाइलट रविन्द्र बन्जारा र एयर होस्टेज मुना महर्जन सहित १८ जना रहेको प्रहरीले जनाएको छ । विमानमा जुम्ला चन्दननाथ–१ का नन्दा महतारा र उनका पति टेकबहादुर महतारा, जिल्ला हुलाक कार्यालय जुम्लामा निमित्त प्रमुख उमा तामाङ, जुम्ला चन्दननाथ–९, मालाभिडका राजन चौंलागाई (टीका), बबरजँग शाही, वर्षा हमाल र उनका छोरा दीप हमाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. बिकल्प पोखरेल, नेपाली सेनाको २४ नम्बर बाहिनीका मेजर दीपक श्रेष्ठ, कृषि विकास बैंक जुम्लाका म्यानेजर राजेन्द्र देवकोटा रहेका थिए । त्यसै गरी रेडियो नारी आवाजका अध्यक्ष गौरी कठायत, नेपाली कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, कृष्णनाथ योगी, चन्दननाथ गाविसका डीपी उपाध्याय र एक डेनिस पर्यटक पनि विमानमा रहेका थिए ।

चालक दल:

पाइलट शंकर श्रेष्ठ

सहायक पाइटल रविन्द्र बञ्जरा

परिचारिका मुना महर्जन

यात्रु

मानव सेजुवाल

राजेन्द्र देवकोटा

टेकबहादुर महतरा

नन्द महतरा

डी महतरा

गौरी कठायत

डा. आईबी पोखरेल

बर्षा हमाल र उनका नाबालक छोराड

पी उपाध्याय

यू तामाङ

आर चौलागाईं

आईडी श्रेष्ठ

डी न्यौपाने

डीआर शाह

डेनिस नागरिक एम म्याथीसेन

प्रतिक्रिया
सम्बन्धित खवर

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८