नेपाल-भारत जैविक प्रविधि सम्मेलन सम्पन्न; जैविक प्रविधि रणनीति २०१२ सार्वजनिक

१० बैशाख २०६९, आईतवार ०१:४२ मा प्रकाशित

काठमाडौ, १० वैशाख । शनिबार सम्पन्न प्राकृतिक उत्पादनसम्बन्धी जैविक प्रविधि सम्मेलनले नेपाल-भारत जैविक प्रविधि रणनीतिक योजना २०१२ सार्वजनिक गरेको छ । काठमाडौ सम्पन्न सम्मेलनमा सहभागी दुवै देशका विज्ञहरूले पाँच बुँदे रणनीति तय गरेका हुन् ।

तय गरिएको रणनीतिअनुसार जैविक प्रविधिका क्षेत्रमा भारत र नेपालबीच सहकार्यका लागि छिट्टै उपयुक्त संयन्त्र निर्माण गरिनेछ । औषधीय बोटबिरुवा र यसका उत्पादनहरूका लागि बलियो र अत्याधुनिक पहिचान गर्ने थलो विकास गरिनुपर्ने पनि रणनीतिमा औंल्याइएको छ ।

नेपाल र भारतले परस्पर प्राथमिकताका आधारमा यस क्षेत्रमा संयुक्त अनुसन्धान एवं विकास परियोजना कार्यान्वयन गर्ने रणनीतिमा उल्लेख गरिएको छ । भारत सरकारको जैविक प्रविधि विभागको सहयोगमा नेपाल बायोटेक्नोलजी सेन्टर स्थापनाका पहल गरिने छ र दुवै संस्थानबीच संयुक्त वैज्ञानिक सल्लाहकार समितिसमेत बनाइने छ ।

‘राम्रो स्वास्थ्य सुन्दरता र धनका लागि प्राकृतिक उत्पादन’ नारासाथ सम्पन्न तीन दिने सम्मेलन विज्ञान र प्रविधि मन्त्रालय र भारतीय दूतावासको सहयोगले बिपी कोइराला इन्डिया नेपाल फाउन्डेसन एवं सेन्टर फर मलिक्युलर डायनामिक्स नेपाल (सीएमडीएन) गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत