मुस्ताङ र मनाङमा भारी हिमपात

४ फाल्गुन २०७०, आईतवार १६:२१ मा प्रकाशित

पोखरा, ४ फागुन । हिमालपारिका दुई जिल्ला मुस्ताङ र मनाङमा भारी हिमपात भएको छ ।
दुवै जिल्लाका खेतबारी, डाँडाकाँडा र पाखापखेरा सेताम्मै छन् । मुस्ताङमा चार इन्च र मनाङमा एक फिट हिउँ जमेको स्थानीयले बताए ।
एक हप्तादेखि तीव्र बेगमा चिसो हावा चलेकाले जनजीवन अस्तव्यस्त बनेको छ । चिसोका कारण मानिस बाहिर हिँड्डुल गर्न नसकेको बताइएको छ ।
जल तथा मौसम विज्ञान विभाग जोमसोम केन्द्रका प्रमुख सूर्य आचार्यका अनुसार आज (आइतबार) बिहान मुस्ताङको तापक्रम माइनस १ दशमलव ५ डिग्री रहेको छ ।
जोमसोम विमानस्थलमा हिउ जमेको र तीव्र बेगमा हावा चलिरहेकाले एक हप्तादेखि हवाई उडान हुन सकेको छैन । फाईल तस्विर

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी