अध्यक्ष र उपाध्यक्षको निर्वाचन फागुन ६ गते

४ फाल्गुन २०७०, आईतवार १५:०१ मा प्रकाशित

काठमाडौं ४ फागुन । संविधानसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचन फागुन छ गते मंगलबार हुने भएको छ ।
नयां बानेश्वरमा आज (आइतबार) बसेको संविधानसभा बैठकले संविधानसभा नियमावली २०६५ को नियम ७ (१) अनुसार अध्यक्ष र उपाध्यक्षको निर्वाचन मंगलबार गर्ने कार्यतालिका बनाएको हो । कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा बैठकले अध्यक्ष र उपाध्यक्षको निर्वाचन दुई दिन पछि गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ ।
संविधानसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले कार्यतालिका सार्वजनिक गर्न मुख्य निर्वाचन अधिकृत तथा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन् ।
एमालेले सुवासचन्द्र नेम्वाङलाई संविधानसभा अध्यक्षको उम्मेदवार बनाउने यस अघि नै निर्णय गरिसकेको छ । उता, एमाओवादीले पनि आफ्ना नेता कृष्णबहादुर महरालाई अध्यक्ष बनाउन जनाउंदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ