सभासद एवं अध्यक्ष कर्णलाई दबाव दिन गुटको भेला

४ फाल्गुन २०७०, आईतवार १४:२१ मा प्रकाशित

काठमाडौं, ४ फागुन । नेपाल बिद्यार्थी संघको महाधिबेसन र स्वबियु निर्बाचनलाई लिएर आन्तरिक छलफल र गृहकार्य सुरु गरेको छ ।
संघको महाधिवेशन र स्ववियु निर्वाचनका विषयमा दबाव दिने उदेश्यले नेविसंघका केन्द्रीय सदस्य ऋषिकेश जंग शाहले सोमबार भेला बोलाएका छन् । भोलामा सबैलाई सबै पक्षलाई बोलाएको उनले दाबी गरे ।
भेला पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा हुने नेता शाहको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख छ । नेविसंघको संगठन भताभुङ्ग हुन थाले पछि केही नेताहरुले सार्वजनिक रुपमा असन्तुष्टि जनाउंदै आएका छन् । भेलाले अध्यक्ष कर्णलाई अध्यक्ष पदबाट राजीनामा गराउन दबाव दिने स्रोतको भनाई छ ।
नेविसंघका अध्यक्ष रञ्जीत कर्ण कांग्रेसमा समानुपातिक तर्फबाट सभासद बने पनि नेतृत्व बिहीन भएको छ । कर्णले हाल सम्म कसैलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छैनन् ।
नेविसंघको महाधिवेशन गराउने जिम्मेवारीका साथ कर्ण अध्यक्षमा टीका लगाई मनोनित भएका हुन् । यद्यपि उनी सभासद भए पछि नेविसंघलाई वेवास्ता गर्ने गरेको आरोप केन्द्रीय सदस्यहरुले नै लगाउने गरेका छन् ।
अध्यक्ष कर्णलाई संगठनका सम्बन्धमा चिन्ता जनाउन र दबाव दिने उदेश्यले नेता शेरबहादुर देउवा निकट मानिने केन्द्रीय सदस्य शाहले सोमबार भेला बोलाएका हुन् ।
‘नेविसंघको महाधिवेशन र स्ववियु निर्वाचन यथाशीघ्र सम्पन्न गराउने दिशामा अगाडि बढन आन्तरिक छलफल गर्नु पर्ने भएकोले भोलि (फाल्गुन ५ गते) दिउसो दुई बजे शंकरदेब क्याम्पसमा उपस्थितिका लागि सम्बन्धित साथीहरुमा हार्दिक आग्रह गर्दछु,’ सन्देशमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली