दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला पर्यो,दुर्घटनामा ११ बालबालिका परे,बच्ने सम्भावना छैन

९ बैशाख २०६९, शनिबार २०:१८ मा प्रकाशित

पाकिस्तान, ९ बैशाख (एजेन्सी) । पाकिस्तानमा दुर्घटना भएको विमानको बोइङ्ग ७३७ को ब्ल्याक बक्स रेकर्डर फेला परेको छ।
दुर्घटनाको जाँच गरिरहेका अधिकारीहरूले विमानको अवशेष हटाउने क्रममा उक्त ब्ल्याक बक्स फेला परेको हो। उक्त दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ। विमान अवतरण हुदा त्यहाँ ठूलो हुरी बतास चलिरहेको थियो।
विमान खसेपछि त्यसमा आगो लागेको केही प्रत्यक्षदर्शीले बताएका छन्। हुनत विमान निकै पुरानो भएका कारण उक्त दुर्घटना भएको पनि बताइएको छ। दुर्घटनामा १ सय २७ जनाको ज्यान गएको थियो। कराँचीबाट उडेको भोजा एयरको विमान इस्लामावाद नजिकै दुर्घटना भएको थियो । एयरलाइनले जनाएअनुसार दुर्घटनामा परेको बोइइङ ७३७ मा
थिए। दुर्घटनामा ११ बालबालिकासमेत परेका छन्। ‘दुर्घटनामा परेर बाच्ने सम्भावना छदै छैन। भयो भने त्यो चमत्कारमात्र हुनेछ। विमान पूरै ध्वस्त भएको छ,’ प्रहरी अधिकृत फैजल अकबरले एएफपीलाई भने।
अहिलेसम्म १ सय १० जनाको शव फेला परेको बताइएको छ। तर फेला परेका शव कसका हुन पहिचान हुने अवस्थामा छैनन्। दुर्घटनास्थलमा बत्ती पुर्‍याइ रातभर शव खोज्ने कार्य जारी राखिएको थियो। रक्षा सचिव नर्गिस सेथीले अनुसन्धानका लागि समिति गठन भइसकेको जानकारी दिए। पाकिस्तानी सैन्य अधिकारीले दिएको जानकारी अनुसार विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। ‘मौशम एकदमै खराव थियो, हुरी र आँधी पनि चलेको थियो। पाइलटले नियन्त्रण गुमाए र यो जमिनमा धसिन पुग्यो,’ एक सैन्य अधिकृतले घटनाबारे प्रस्ट्याए।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा