दाहाल बुधबार कतार जाने

४ फाल्गुन २०७०, आईतवार ०६:१५ मा प्रकाशित

काठमाडौं, ४ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ७ फागुनमा कतार जाने भएका छन् । पार्टीको जनवर्गीय संगठनले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन दाहाल कतार जान लागेका हुन् ।

नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा मानिने कतारमा एकीकृत माओवादीले आफ्नो जनवर्गीय संगठनको रूपमा जनप्रगतिशील मञ्च गठन गरेको छ । दाहालले कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, श्रममन्त्री तथा अन्य नेपाली उद्यमी र व्यवसायीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

चारदिने भ्रमणका क्रममा दाहालले त्यहाँ कार्यरत नेपालीले काम गर्दै गरेको कार्यक्षेत्रको पनि भ्रमण गर्ने र नेपाली श्रमिकहरूको अवस्थाका विषयमा जानकारी लिने कार्यक्रम रहेको छ । दाहाल १० फागुनमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी