नेविसंघ बेलायतमा बढ्यो विवाद; अध्यक्षमा भण्डारी र घिमिरेको आ-आफ्नै दावी

४ फाल्गुन २०७०, आईतवार ००:३६ मा प्रकाशित

हिमाल क्षेत्री, लन्डन । नेपाल बिधार्थी संघ युकेमा अध्यक्षको विषयलाई लिएर नेताद्धय अध्यक्ष्ँ कुशल घिमिरे र उपाध्यक्ष उमेश भण्डारीले आ आफ्नो दावी प्रश्तुत गरेका छन् । केन्द्रिय सदस्य एञ्जिला न्यौपानेले आफुलाई अध्यक्ष्ँको पत्र थमाएको घिमिरेले बताए भने अर्का केन्द्रिय सदस्य लीलाबल्लब दाहालले आफुलाई केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम अध्यक्ष्ँको जिम्मेवारी सुम्पिएको उपाध्यक्ष्ँ भण्डारीले जिकिर गरेका छन् । घिमिरे र भण्डारी दुबैसंग नेपाल विद्यार्थी संघको लेटरप्याडमा न्यौपाने र दाहालको हस्ताक्षर सहितको पत्र छ । एञ्जिाला न्यौपानेले घिमिरेलाई थमाएको पत्रमा अधिबेशन गरी नेतृत्व हस्तान्तरण गर्न आतुर हुंदाहुंदै केन्द्रीय समितिबाट आवश्यक निर्देशन दिन ढिलाई भएको कारण अधिबेशन सम्पन्न हुन नसकेको परिस्थितिमा हाल नेतृत्व परिवर्तनको आवश्यकता नरहेकोलाई घिमिरेलाई अध्यक्ष्ँको जिम्मेवारी सुम्पिएको उल्लेख छ । बेलायतमा दुईपक्षिय जनसम्पर्क समिति कायम रहेको अवस्थामा नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुसंगको राय लिई निर्णय गरीएको न्यौपानेको पत्रमा छ ।

त्यस्तै दाहालले भण्डारीलाई थमाएको पत्रमा नेपाल विद्यार्थी संघ बेलायतको ६ फेब्रुअरी २०१४ मा सम्पन्न बृहत भेलाले उपाध्यक्ष उमेश भण्डारीलाई सर्वसम्मत अध्यक्ष्ँ चयन गरीएको उल्लेख छ । साथै बैठकको अग्रज तथा सहभागि विद्यार्थीहरुको सल्लाह, सुझाव र परामर्शबाट संस्थापक अध्यक्ष्ँ कुशल घिमिरेलाई महाधिबेशन प्रतिनिधि चयन गरीएको पत्रमा छ । दाहालले भण्डारीलाई थमाएको पत्रमा ९ फेब्रुअरी २०१४ देखि अध्यक्षको जिम्मेवारी सुम्पिइएको उल्लेख छ ।
भण्डारी र घिमिरेले परस्पर विरोधी दुई विज्ञप्ति सार्वजानिक गरी आ आफ्नो दावेदारी प्रश्तुत गरेपछि नेपाल विद्यार्थीसंघ बेलायतका शुभचिन्तकहरुले आश्चर्य प्रकट गरेका छन् । भर्खरै मात्र बेलायतमा टुसाउन लागेको संगठनमा केन्द्रिय प्रतिनिधिहरुले बेलायत आउंदा आ आफ्ना समर्थकहरुलाई मनोमानी ढंगले नियुक्ती गरेपछि अन्य सदस्यहरुमा अन्यौलता बढेको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतमा पनि दुई ग्रुप छन । नेपाल विद्यार्थी संघका नेता घिमिरे लोक गुरुङ अध्यक्ष रहेको नेपाली जनसम्पर्क समिति बेलायतको नजिक छन् भने अर्का नेता भण्डारी चेतनाथ खनाल अध्यक्ष्ँ रहेको जनसम्पर्क समितिको नजिक छन् । दुवै जनसम्पर्क समितिका प्रतिनिधिहरुले घिमिरे र भण्डारीलाई आफु अनुकुल नचाउन चाहेको केहि कांग्रेसीहरुको गुनासो छ । उच्चशिक्षा हासील गर्न बेलायत आएका बिद्यार्थीहरु यसरी राजनीतिमा नेपाली पाराले रुमल्लिने उनीहरुको भविश्य नै अन्धकार हुनसक्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न