प्रजातान्त्रिक संविधान जारी गर्न प्रमुख दलको साझा प्रतिबद्धता

३ फाल्गुन २०७०, शनिबार १७:१५ मा प्रकाशित

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले शान्ति र सुरक्षा प्राप्तिका लागि असल छिमेकीपन, मैत्री, संवाद, सहयोग र विकास अपरिहार्य भएको बताएका छन् ।

ललितपुरमा आज (शनिबार) आयोजित कार्यक्रममा कोइरालाले शान्ति, विकास र सुरक्षा परस्परमा निहीत रहेका बताए । उनले दक्षिण एसिया मानव तथा प्राकृतिक स्रोतको विशाल भण्डारका साथै संस्कृति र सभ्यताको स्थलका रूपमा रहेको उल्लेख गरे ।

आर्थिक विकास, प्राकृतिक स्रोतको उपयोग तथा व्यवस्थापनका लागि साझा प्रयत्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले चुनौतीका रूपमा रहेको ऊर्जा सुरक्षा सम्बोधनको दिशामा यो नै पहिलो पाइला हुने बताए ।

उनले आगामी एकवर्षभित्र प्रजातान्त्रिक संविधान जारी गर्न सबै प्रमुख राजनीतिक दलले साझा प्रतिबद्धता व्यक्त गरेको बताए । सरकारले पनि नयाँ सरकार जारी गर्न सहजकर्ताका रूपमा हरसम्भव कार्य गर्ने प्रतिबद्धता जनाए ।

भारतको माथिल्लो सदन राज्यसभाका सदस्य करण सिंहले शताब्दीऔंदेखिको भारत–नेपाल सम्बन्ध अद्वितीय रहेको उल्लेख गरे । उनले भारतले नेपाललाई शान्त, स्थिर र समृद्ध मुलुकका रूपमा देख्न चाहेको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर