एसिसी महिला प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिता

३ फाल्गुन २०७०, शनिबार १६:५६ मा प्रकाशित

काठमाडौं, ३ फागुन । एसियाली क्रिकेट परिषद् (एसिसी) महिला प्रिमियर ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले भोलि आइतबार चीनको सामना गर्ने भएको छ ।
थाइल्यान्डमा हुने सो प्रतियोगितामा पहिलोपटक ४० ओभरको खेलमा सहभागिता जनाएको नेपालले भोलि आफ्नो चौथो खेल चीनसंगै खेल्दैछ । नेपाली महिला टिमले यसअघि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता २० देखि २५ ओभरसम्मको खेल खेल्दै आएको थियो ।
यसअघि भएको प्रतियोगितामा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले इरान र भुटानविरुद्धको खेलमा जित हासिल गरेको थियो भने आयोजक थाइल्यान्डसाग पराजित हुन पुग्यो ।
नेपालले इरानलाई २२१ को फराकिलो रनअन्तरले हरायो भने भुटानलाई ५ विकेटले पराजित गर्दै विजयी बन्यो । यस्तै थाइल्यान्डसाग आठ विकेटले पराजित हुन पुग्यो ।
नेपालले सन् २००७ देखि महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउंदै आएको छ ।
नेपालसहित थाइल्यान्ड, चीन, इरान, भुटान र हङकङले प्रतिस्पर्धा गरिरहेको सो प्रतियोगिता सिङ्गल लिगमा सञ्चालन हुंदै आएको छ ।
लिगमा शीर्ष स्थान हासिल गर्ने राष्ट्रले उपाधि हासिल गर्नेछ भने शीर्ष तीनभित्र रहने टोलीले एसियाली खेलकुद प्रतियोगितामा सहभागितासमेत जनाउन पाउने छन् ।
नेपाली टोलीमा रुविना क्षेत्री कप्तान रहेकी छिन् । टोलीका अन्य सदस्यमा रेखा रावल, सोनु खड्का, ममता थापा, ममता चौधरी, शोभा आले, सरस्वती चौधरी, नीरा राजोपाध्याय, कविता गौतम, सरिता मगर, करुणा भण्डारी, तृष्णा सिंह र काजल श्रेष्ठ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन