हिमपातले सुदूरपश्चिमको जनजीवन कष्टकर

३ फाल्गुन २०७०, शनिबार १२:१६ मा प्रकाशित

अछाम, ३ फागुन । शुक्रबारदेखि परेको मुसलधारे पानीका कारण सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाका अधिकांस ठाउं हिउले ढाकेको छ ।
भारी हिमपातले यातायात र बिद्युत् सेवा पूर्ण रुपमा बन्द छन् । टेलिफोन सेवामा आंशिक प्रभाव परेको छ । जसका कारण जिल्लाका केही एफएम रेडियो र पत्रपत्रिका पनि बन्द छन् ।
हिमपातका कारण अछामको रामारोशन, खप्तड, चौखुट्टे, बैतडीको सतबाझ, ग्वाल्लेक, श्रीभावर अरनिखोला, डोटीको साहुखर्क, बुडर, हगुल्टे, डडेलधुराको स्याले, तुफानडांडा, बजुराको सदरमुकाम मार्तडीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण सर्बसाधारण घरबाट बाहिर निस्कन सकेका छैनन् । सरकारी कार्यालयको कामकाज पनि प्रभाबित भएको छ ।
सडकमा हिउ भरिएका कारण मुख्य राजमार्गका रुपमा रहेको अत्तरियादेखि पहाडी जिल्ला जोड्ने सडकमा सवारी साधन चल्न नसकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यात्रु ठाउं ठाउंमा अलपत्र अवस्थामा छन् ।
डडेल्धुरा–चैनपुर सडक खण्डको श्रीभावर र धनगडी डडेल्धुरा सडक खण्डको गैरा, साहुखर्क तथा अछाम डोटी सडक खण्डको चौखुट्टे क्षेत्रमा सबैभन्दा बढि हिउ जमेको छ । दीपायलदेखि अछाम सदरमुकाम मंगलसेन सम्म बिस्तार गरिएको बिद्युत् सेवा पनि हिमपातकै कारण शुक्रबार राति देखि अबरुद्ध छ ।
उता बजुराका उच्च भेगमा रहेका विच्छया, रुगिन, जुकोट, जगन्नाथ, पाण्डुसैन, कोल्टी, मार्तडी, दहकोट, मानाकोट, गुदुखाती, कांडा, कैलाशमाण्डौ, छतारा, लगायतका गाविसमा भएको हिमपातले पनि जनजीवन कष्टकर बनाएको छ ।
जल तथा मौसम बिज्ञान बिभागले आइतबार सांझदेखि मात्रै मौसममा सुधार आउने बताएको छ । निरन्तरको बर्षाका कारण हिउपर्ने क्रम नरोकिएकाले अझै जनजीवन कष्टकर हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई