चौध बर्ष देखि किशोरी ओछ्यानमा

३ फाल्गुन २०७०, शनिबार ०७:०१ मा प्रकाशित

धनगढी, ३ फागुन । उपचार अभावमा धनगढीस्थित पुरानो एयरपोर्ट मुक्तकमैया बस्तीकी १४ वर्षीया किशोरी जन्मेदेखि नै ओछ्यानमा छिन् ।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको मुक्तकमैया बस्तीका बमबहादुर चौधरीकी १४ वर्षीया छोरी राजकुमारी चौधरी यसरी जन्मेदेखि ओछ्यानबाट उठ्न नसकेकी हुन् ।

जन्मदा सकुशल भए पनि सात महिनापछि उनीमा मानसिक समस्या देखिएको परिवारिक स्रोतले बतायो । सोही बेलादेखि राजकुमारीका लागि घाम लागेको दिन घरबाहिर र घाम नलागेको दिन घरभित्रै सुताउने गरेको बाबु बमबहादुर चौधरीले बताए ।

उपचारका लागि स्वास्थ्य संस्थामा लगे पनि चिकित्सकले उपचार सम्भव नभएको भन्दै फर्काउने गरेको बमबहादुरले बताए । आर्थिक अभावका कारण राम्रो ठाउँमा

लिएर उपचार गर्न नसकेको बमबहादुरको भनाइ छ । उनका अनुसार राजकुमारीको जति उमेर बढ्दै छ, त्यति नै स्वास्थ्यमा समस्या बढ्दै गएको छ । राजकुमारी अहिले ओछ्यानमै दिसापिसाब र खानापान गर्छिन् । धेरै ठाउँमा उपचारका लागि सहयोगको मागेको तर धनगढी नगरपालिकाबाहेक अन्यले सहयोग नगरेको बमबहादुरले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा