एमालेसँग सत्ता भागबन्डाको विवादले निकास पाउँदै छ : प्रधानमन्त्री कोइराला

३ फाल्गुन २०७०, शनिबार ०१:११ मा प्रकाशित

काठमाडौं, ३ फागुन । सत्ता साझेदार दल एमालेसंग मन्त्रालय बाँड फांडको विवाद जारी रहेको कारण प्रधानमन्त्री सुशील कोइरालालाई शुभकामना दिने शुक्रबार राखिएको व्यवस्थापिका संसद्को पूर्वनिर्धारित कार्यक्रम सारिएको छ ।

कांग्रेस र एमालेबीच गृह मन्त्रालयमा कुरा नमिलेपछि उत्पन्न विवादका कारण व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा पूर्वनिर्धारित प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम आगामी ९ गतेका लागि सारिएको हो ।

शुक्रबार राखिएको व्यवस्थापिका संसद्को पूर्वनिर्धारित बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कोइराला संविधानसभा भवनमा अपराह्न पुगेका थिए । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले मन्त्रिपरिषद् विस्तारबिना बधाई तथा शुभकामना कार्यक्रम राख्न नहुने अडान लिएपछि प्रस्तावित कार्यक्रम आगामी ९ गतेका लागि सारिएको हो ।

व्यवस्थापिका संसदका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले संसदमा शुक्रबार भने, ‘पूर्वनिर्धारित बधाई तथा शुभकामना कार्यक्रम सरकारले पूर्ण आकार नलिइसकेको हुँदा आगामी ९ गतेका लागि सारिएको छ ।’

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘चाँडै एमालेसँग सत्ता भागबन्डाको विषयले निकास पाउनेछ ।’
कोइरालाले भने, ‘एमालेसँगको वार्ता सकारात्मक हुँदै गएको छ। केही दिनमै तपार्इंहरूले थाहा पाउनुहुन्छ।’

एमालेसँग सातबुँदे सहमतिपछि प्रधानमन्त्री बनेका कोइरालाले सत्ता साझेदार दल एमालेसंग गृह मन्त्रालय विवादका कारण मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमालेसंगको विवाद अन्त्य गरि सरकारलाई पूर्ण आकार दिन शुक्रबार विभिन्न चरणमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच अनौपचारिक वार्ता भएको थियो ।

एमाले अध्यक्ष झलनाथ खनालले सरकार बिस्तार हुन नसकेकोमा आफूलाई पनि अनौठो लागेको बताए।

‘प्रधानमन्त्रीले पूर्वनिर्धारित कार्यक्रमअनुसार किन बधाई र शुभकामना पाएनन्, मैले पनि बुझ्नै सकिनँ’, उनले भने। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले बधाई नपाउनाको कारणबारे आफू अनभिज्ञ भएको बताए।

सरकार विस्तार गर्दै संविधान निर्माणको कार्य तत्काल अघि बढाउनुपर्ने भएकाले तत्काल दुवै पार्टी मिल्नुपर्नेमा उनले जोड दिए। ‘असमझदारीबाट अल्झेको विषय तत्काल सुल्झाउनुपर्छ’, नेपालले भने।

गृह मन्त्रालयले केही फरक पार्दैन : सुजाता

कांग्रेस नेत्री सुजाताका कोइरालाले कांग्रेस र एमालेलाई छिटो सहमतिमा आउन माग गरेकी छन्।

‘भागबन्डाको राजनीतिले राम्रो सन्देश जाँदैन, कांग्रेस सभापतिले फराकिलो दायराबाट निर्णय लिन सक्नुपर्‍यो’, संविधानसभाको बैठकपछि उनले सञ्चारकर्मीसँग भनिन्। कोइरालाले एमालेले गृह मन्त्रालय पाउँदैमा केही फरक नपर्ने दाबी पनि गरिन्। उनले भनिन्, ‘कांग्रेसको संगठन मजबुत हुनुपर्‍यो।’

एमाले उपाध्यक्ष वामदेव गौतमले आफूलाई शुभकामना थाप्न प्रधानमन्त्री डराएको जस्तो लागेको बताए। गौतमले भने, ‘एमालेले साथ दिँदा प्रधानमन्त्रीले हामीलाई लखेट्नुभयो, अब के को साथ?’

विवाद मिलाउन भएका सहमतिको कार्यान्वयन प्रधानमन्त्रीबाट हुनुपर्ने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा