विदेशीसँगको कार्यक्रममा मात्रै होटल जान्छु : भट्टराई

२ फाल्गुन २०७०, शुक्रबार १५:२५ मा प्रकाशित

काठमाडौं, २ फागुन । एमाओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले अन्तर्राष्ट्रियस्तर र कुटनीतिक निकायसँग मात्रै पाँच तारे होटलका कार्यक्रममा सहभागी हुने जनाएका छन् ।

भट्टराईका सहयोगी विश्वदीप पाण्डेले आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई अन्य विभिन्न पक्षले गर्ने पाँच तारे होटलका कार्यक्रममा नजाने निर्णय भएको बताएका हुन् । अब देखि भट्टराई विदेशीहरुसँग हुने पाँच तारे होटेलका कार्यक्रममा मात्रै सहभागी हुने छन् ।

‘पूर्व प्रधानमन्त्री एवं एमाओवादी नेता डा.बाबुराम भट्टराईले अन्तर्राष्ट्रियस्तरका र कुटनीतिक निकायसँग सम्बन्धित कार्यक्रमबाहेक पाँच तारे होटलमा आयोजना हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गर्नुभएको छ,’ सन्देशमा भनिएको छ ।

‘पाँच तारे होटलमा कार्यक्रम आयोजना गरेर फजुल खर्च गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न उहाँले यस्तो निर्णय गर्नुभएको हो,’ पाण्डेले भनेका छन्, ‘मितब्ययी जीवनशैली अंगिकार गर्ने उदेश्यले यस्तो निर्णय गरिएको छ ।’

समय समयमा विभिन्न सन्देश लेखेर चर्चामा रहने एमाओवादीका पूर्व उपाध्यक्ष भट्टराई पाँच तारे होटेलको कार्यक्रमा नजाने भनेर पुन: चर्चामा आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस