दुर्घटनामा १८ यात्रु घाईते

२ फाल्गुन २०७०, शुक्रबार १४:५३ मा प्रकाशित

विराटनगर, २ फागुन । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मोरङको सुन्दरपुरमा भएको दुर्घटनमा १८ यात्रु घाईते भएका छन् ।
बस र ट्रक आज (शुक्रबार) एकापसमा ठोक्किँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ४ ख ११४० नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ छ ३०९८ ट्रक सुन्दरपुर–२ मा ठोक्किएको हो ।
गम्भीर घाइते पाँचजनाको विराटनगरस्थित न्यूरो अस्पतालमा तथा अन्य घाईतेको इन्द्रपुरस्थित स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस