नेपाल र रावललाई जानकारी छैन : पोखरेल

२ फाल्गुन २०७०, शुक्रबार १४:३७ मा प्रकाशित

जनकपुरधाम, २ फागुन । एमालेका महासचिव ईश्वर पोखरेलले गृहमन्त्रालयमा भएको सहमतिका विषयमा वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी नरहेको बताएका छन् ।
जनकपुरमा आज (शुक्रबार) प्रेस चौतारी नेपाल धनुषा शाखाले गरेको पत्रकार सम्मेलनमा पोखरेलले वरिष्ठ नेता नेपाल र अर्का नेता भीम रावललाई जानकारी नरहेको बताए । ‘गृह मन्त्रालय दिने सहमतिका सन्दर्भमा वरिष्ठ नेता माधव नेपाल दिल्लीमा र अर्का नेता भीम रावल अछाममा रहनुभएका कारण सहमतिबारे उहाँहरुलाई थाहा छैन,’ उनले भने ।
कांग्रेसले सम्मानजनक साझेदार नबनाएसम्म एमालेले सरकार बाहिर बसेर गुणदोषका आधारमा सहयोग गर्ने पोखरेलको भनाई छ । ‘सम्मानजनक अवस्थाको वातावरण नभएसम्म सरकारमा सहभागी हुँदैनौं,’ उनले भने ।
महासचिव पोखरेलले गृह मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालयमा भएको समझदारीबाट कांग्रेस पछि हटेको आरोप दोहर्‍याए ।
‘कांग्रेस सम्मानजनक राजनीतिक साझेदारीमा आउनुपर्‍यो या त सरकार चलाउने आँट गर्नुपर्‍यो,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।