गृह नसुम्पन जिल्ला सभापतिहरुको आग्रह, एमाले गृह नछोड्ने पक्षमा

२ फाल्गुन २०७०, शुक्रबार ०३:२८ मा प्रकाशित

काठमाडौं, २ फाल्गुन । कुनै समय एमालेद्वारा कुख्यात भ्रष्टाचारी घोषणा गरिएका बामदेव गौतमलाई गृह मन्त्रालय नसुम्पन काँग्रेस जिल्ला सभापतिहरुले प्रधानमन्त्री सुशील कोइरलालाई औपचारिक आग्रह गरेका छन् ।

बिहिबार कांग्रेसका सभासदसमेत रहेका २५ जिल्ला सभापतिहरुले  प्रधानमन्त्री कोइरलासंगको भेटमा कुनै समय एमालेद्वारा कुख्यात भ्रष्टाचारी घोषणा गरिएका बामदेव गौतमलाई गृह मन्त्रलाय कुनै पनि हालत नसुम्पन माग गर्दै प्रधानमन्त्री कोइरालालाई लिखित ज्ञापन दिएका हुन् ।

काँग्रेस जिल्ला सभापतिहरूले पार्टीबाट मन्त्री बनाउँदा समेत सभासद रहेका जिल्ला सभापतिहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् । यसै बीच गृह मन्त्रालय कसले राख्ने भन्ने विवादले कांग्रेस र एमालेबीचको दूरी बढ्दै गएको छ । मन्त्रालय बाँडफाँड र सत्ता साझेदारीमै समस्या भएपछि संविधान निर्माणसम्म सहयात्रा गर्न खोजेका ठूला दुई दलबीच पछिल्ला तीन दिनयता औपचारिक संवादसमेत हुन सकेको छैन ।

एमाले भित्रको खनाल-नेपाल पक्ष गृह मन्त्रालयलाई मुद्दा बनाएर संविधान निर्माणसम्म काँग्रेससंगको सहयात्रा टुटाउने पक्षमा नभए पनि एमाले संसदीय दलका नेता केपी ओली भने यसै बहानामा सरकारलाई अफ्ट्यारो पार्ने रणनीतिमा जुटेका छन् । स्मरण रहोस यस अघि काँग्रेसको समर्थनमा एमाले प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्रीय पद्धति बलियो बनाउन गृह आफूसित हुनुपर्ने भन्दै गृह मन्त्री आफुसंग राखेको थियो ।

उता प्रधानमन्त्री सुशील कोइराला मन्त्रिपरिषद्मा बद्नाम र भ्रष्टाचारीहरुलाई स्थान नदिने पक्षमा रहेको कारण पनि ओलीको इच्छा अनुसार बामदेवलाई गृह सुम्पने बिषयले सत्ता राजनीति जटिल बन्दै गएको छ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारलाई पूर्णता दिने उद्देश्यले एमाले संसदीय दलका नेता केपी ओलीलाई भेटेर छलफल गर्न काँग्रेस महामन्त्री कृष्ण सिटौला मार्फत संवादको प्रयास गरे पनि एमाले संसदीय दलका नेता ओलीले भेट्न अस्वीकार गर्दै आएका छन् ।

एमाले सत्तामा नगएमा कोइराला सरकार संकटमा पर्ने निचोडमा पुगेका एमाले संसदीय दलका नेता ओलीले यो सरकारलाई संबिधान निर्माण प्रक्रियाबाट बिमुख राख्न गृहमा अड्को थापेको स्रोतको दावी छ । एमाले स्रोतको दावी छ काँग्रेस महामन्त्री कृष्ण सिटौला आफु सरकारमा जना नपाउने भए पछि गृहमा कांग्रेसी अनुहार देख्न नचाहेको र काँग्रेस महामन्त्री सिटौलाकै सल्लाहमा ओली प्रधानमन्त्रीलाई गलाउने रणनीतिमा जुटेका हुन् ।

यता कांग्रेस वार्ता टोलीका सदस्य बिना विभागीय मन्त्रि रामशरण महत र दीपकुमार उपाध्यायले भने एमालेलाई गृह दिने सहमति नभएको दाबी गरेका छन् । दुवै नेताले एमालेले बखेडा गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय