शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगियो

९ बैशाख २०६९, शनिबार १९:५९ मा प्रकाशित

काठमाडौ, ९ वैशाख । विवादित विषयमा सहमति जुटाउन शनिबार साँझ संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताका विषयमा छलफल भएको थियो तर बैठकले कुनै पनि विवादित विषयलाई टुंगो लगाउन सकेन ।

माओवादी नेता खिमलाल देवकोटाले संचारकर्मी संग भने कांग्रेस–एमाले विवाद समाधान उपसमितिको बैठकमा सहमति भएको संवैधानिक अदालत राख्ने विषयमा विरोध गरेकोले बैठक बिना निष्कर्ष टुंगियो । कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार आजको बैठक बिना निष्कर्ष टुंगिए पनि आइतबार पुनः बैठक बसेर सहमति खोज्ने प्रयास गरिने छ ।

विवादित विषयमा सहमति जुटाउन संबैधानिक समितिको अन्तिम समयसीमा आइतबारसम्म भएकाले दलहरु छलफलमा जुटेका भए पनि सहमति नजुटेको अवस्थामा सोमबारदेखि सुरु हुने संविधानसभाको बैठकले मतदानको प्रक्रियाबाट विवाद टुंगो लगाउने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताहरु सहभागी थिए ।

श्रोतका अनुसार सनिबार सांझ सम्म पनि मुख्य दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताका विषयमा सहमति भएको छैन । तर मुख्य दलका नेताहरु भने राज्य पुनर्संरचनाबाहेक अन्य विषयमा भने करिव करिव सहमति भएको दाबी गरि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो